२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

वरिष्ठ क्याप्टेन विजय लामासहित तीन कर्मचारीलाई चेतावनी

२० चैत्र २०७९, सोमबार १२:२३

चैत २०, काठमाडौँ | मलेसिया उडानका लागि अनिवार्य आवश्यक पर्ने नेपाल वायुसेवा निगमले फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) निर्धारित समयमै नवीकरण नगरी हेलचक्य्राइँ गरेकोमा वरिष्ठ क्याप्टेन विजय लामासहित तीन जनालाई चेतावनी दिएको छ । 

निगमको मलेसिया उडानको एफएओसी ०७९ वैशाख २० गते नै सकिएको थियो । ११ महिना बितिसक्दा पनि निगमले यसबारे ध्यान नै दिएको थिएन । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पाइलट लामालाई उनको महाशाखाको कार्यक्षेत्रभित्र पर्ने फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) मलेसियामा अद्यावधिक नगरेको विषयलाई भविष्यमा नदोहोर्‍याउन पनि चेतावनी दिएका छन् ।


‘निगमले क्वालालमम्पुर उडानका लागि मलेसियाको नागरिक उड्डयन कार्यालयमा आफ्नो समर सेड्युअलको अनुमति माग गर्दा एफएओसी अद्यावधिक नभएको देखियो,’ कार्यकारी अध्यक्षले आइतबार लामालाई लेखेको चेतावनी पत्रमा उल्लेख गरिएको छ,‘ तपाईंको महाशाखाको कार्यक्षेत्रभित्र पर्ने कार्य समयमा सम्पन्न नगरेको र सो को कारण निगमको उडानमा असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राखेको देखिएनन । यसर्थ आयन्दा त्यस महाशाखाअन्तर्गतका कार्यहरूलाई समयमा नै सम्पन्न गर्न गराउन सचेत गराउँदै यस्ता गल्ती भविष्यमा नदोहोर्‍याउन निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी विनियमावलीबमोजिम चेतावनी दिइएको छ ।’

निगमबाट ५८ वर्षे सेवाअवधि पूरा गरी अवकाश लिएका पाइलट लामा निगमको वाइडबडी विमानको पाइलटमा करारमा कार्यरत छन् । कार्यकारी अध्यक्षले लामाबाहेक मलेसियामा रहेको निगमको कार्यालयका प्रमुख नेत्रराज राउत र अपरेशन विभागका प्रबन्धक चत्र नकर्मीलाई पनि मलेसियाको एफएओसी समयमै नवीकरण नगराएको घटनामा अभिलेखमा रहने गरी चेतावनी दिएका छन् । यसैबीच निगमको शनिबार दुबई उडानमा कोपाइलट अभाव भएको विषयमा कार्यकारी अध्यक्षले अपरेसन विभाग प्रमुख क्याप्टेन रवीन्द्रकुमार शेरचनसँग पनि तीन दिने स्पष्टीकरण माग गरेका छन् ।

चैत १४ गते मलेसियाले निगमलाई एफएओसी नवीकरण नगराएको कारण देखाउँदै नियमित उडान रोक्ने चेतावनी दिएपछि यस रुटमा टिकट लिइसकेका यात्रुहरुका लागि निगमले ६ वटा चार्टर उडान गर्ने निर्णय गरेको थियो । अन्तिम सयममा मन्त्रालयलगायत उच्च तहबाट मलेसियालाई अनुरोध गरेपछि उसले निगमलाई अन्तिम मौका दिएको थियो । -कान्तिपुर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य