२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आन्तरिक तयारी तीव्र

२२ चैत्र २०७९, बुधबार ०३:२४

चैत २२, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भम्रणको आन्तरिक तयारी तीव्र रूपमा भइरहेको भए पनि अझै मिति सार्वजनिक गरिएको छैन । परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भ्रमणका लागि प्रस्ताव तयार गर्ने कार्यलाई तीव्रता दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक प्रस्ताव माग भएको एक उच्च तहका कर्मचारीले बताए ।

प्रधानमन्त्रीको भारत भ्रमण अप्रिलको दोस्रो साता हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण वैशाख पहिलो साता हुने बताएकी थिइन् । औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतलाई विद्युत् बिक्री गर्ने विषयमा सम्झौता गर्नका लागि प्रस्ताव तयार गरिएको बताइएको छ ।

भारतसँग २५ वर्षको सम्झौता गर्नका लागि नेपालले प्रस्ताव गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालयको स्रोतका अनुसार तयारी गरिएको प्रस्तावहरूको विषयमा विस्तारमा तयारी गरिएको छ । फेब्रुअरीमा भएको ऊर्जा सहयोग सञ्चालक समितिको १०औं सचिवस्तरीय बैठकमा नेपालले ऊर्जा खरिदसम्बन्धी प्रस्ताव अगाडि सारेको थियो ।

राजस्थानको माउन्ट आबुमा भएको बैठकमा ढल्केबर–मुजफ्फरपुर ट्रासमिसन लाइनको क्षमतालाई ६ सय मेगवाटबाट वृद्धि गरी ८ सय मेगावाट बनाउने विषयमा हस्ताक्षर नै भएको थियो । वर्षायाममा नेपालबाट बिहारलाई विद्युत् बिक्री गर्नका लागि आवश्यक कार्य गर्ने विषयमा समेत सहमति भइसकेको छ । त्यसका कारण प्रधानमन्त्रीको भ्रमणमा ऊर्जासम्बन्धी महत्वपूर्ण सम्झौता हुने विश्वास ऊर्जा मन्त्रालयका एक उच्च कर्मचारीले गरे । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य