2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरमा सूचना प्रविधि केन्द्र स्थापित, राष्ट्रपतिद्वारा उद्घाटन (फोटो फिचर)

असोज ९, ललितपुर  । ललितपुरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा सूचना तथा संचार प्रविधि केन्द्रको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । 

आज ललितपुर पुल्चोक स्थित इन्जिनियरिङ अध्ययन संस्थानमा आयोजित बिशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त भवनको उद्घाटन गर्नुभएको हो । उक्त भवन गणतन्त्र कोरिया सरकारको सहयोगमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग(कोइका)द्वारा संस्थानमा निर्मित गरिएको छ । ‘सूचना तथा सञ्चार प्रविधि केन्द्र’को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले केन्द्रको स्थापनाले संचार प्रविधिको क्षेत्रमा ठूलो सहयोग पुग्ने.विश्वास व्यक्त गर्नुभयो । प्राविधिक क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि संस्थानको भूमिका अझ राम्रो हुनुपर्नेमा उहाँको जोड थियो । 

उक्त कार्यक्रममा बोल्दै नेपालका लागि कोरियाका राजदूत चो योङ जिनले केन्द्रको स्थापनाले नेपाल कोरियाको ४३ बर्षको सम्बन्धमा झनै प्रगाढ सम्बन्ध कायम भएको भन्दै यो संस्थान तल्लो आर्थिक स्तर भएका बिद्यार्थीको पहुँचमा पनि पार्न आग्रह गर्नुभयो । उहाँ ले यो केन्द्रले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उहाँले उच्च तहको आइसिटि तालिम तथा शिक्षामा पनि यस केन्द्रले भूमिका खेल्ने बताउनुभयो । राजदुत चो योङ जिनले नेपाली कामदारहरुले कोरियामा आफ्नो पसिना बगाइरहेको स्मरण गर्दै नेपालका लागि पनि किरियाले सक्दो सहयोग गर्दै जाने बताउनुभयो । 

त्यस्तै त्रिभुवन बिश्वबिद्यालयका उपकुलपति प्रो. डा. तिर्थराज खनियाले कोरिया सरकारको सहयोगमा बनेको यो केन्द्रले गुणस्तरीय शिक्षामा टेवा दिने बताउँदै गर्ने र सिक्ने अवधारणामा बिद्यार्थीले शिक्षा लिन सक्ने बताउनुभयो । 

कार्यक्रममा संस्थानका डिन प्रा. डा. त्रिरत्न वज्राचार्यले संस्थानको उद्देश्य नै दक्ष प्राविधिक जनशक्ति उत्पादन रहेको जानकारी दिनुभयो । उहाँले एसियामै तेश्रो स्थानमा रहेको इन्जिनियरिङ अध्ययन संस्थानमा बनेको यो केन्द्रले नेपालको बिश्वबिद्यालय शिक्षालाई अझ टेवा दिएको बताए । 

कार्यक्रममा त्रिभुवन विश्वबिद्यालय सहित ललितपुरस्थित इन्जिनियरिङ अध्ययन संस्थानका अधिकारीहरु, कोइका अन्तर्गतका अधिकारीहरु, प्राध्यापकहरुको  उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहको केहि झलकहरु तलको तश्विरमा हेर्नुहोस ।  

गणतन्त्र कोरिया सरकारको सहयोगमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग(कोइका)द्वारा संस्थानमा निर्मित सूचना तथा सञ्चार प्रविधि केन्द्रको भवन |

सूचना तथा सञ्चार प्रविधि केन्द्रको भवन उद्घाटनमा सरिक व्यक्तित्वहरु |

सूचना तथा सञ्चार प्रविधि केन्द्रको भवन उद्घाटनका क्रममा राष्ट्रपति बिध्यादेवी भण्डारी |

भवन उद्घाटनपछि केन्द्रलाई नियाल्दै राष्ट्रपति भण्डारी |

केन्द्रभित्रको कन्फ्रेन्स हल |

तश्विर: सास/ काठमाडौँ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल