२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङमा सौर्य सडक बत्ती जडान सुरु

२०७३, ९ आश्विन आईतवार १०:४२

असोज ९, बागलुङ । बागलुङ नगरका सडकलाई चौबिसै घन्टा उज्यालो राख्न सौर्य सडक बत्ती जडानको काम सुरु भएको छ । 

स्थानीय विकास मन्त्रालय, बागलुङ नगरपालिका र उपभोक्ताको संयुक्त लगानीमा सौर्य सडक बत्ती जडानको काम अघि बढेको हो । पहिलो चरणमा नगर क्षेत्रमा एक सय ६९ वटा सौर्य बत्ती जडान गरिने बागलुङ नगरपालिका कार्यालयले जनाएको छ । 

चारवटा उपभोक्ता समिति बनाएर काम अघि बढाइएको कार्यालयका सामाजिक विकास शाखा प्रमुख भीमसेन पन्तले बताउनुभयो । बजार क्षेत्रमा पर्ने वडा नं १, २ र ३ मा कात्तिक मसान्तभित्रमा बत्ती जडान भइसक्ने उहाँको भनाइ छ । दसैँ अगावै एउटा उपभोक्ता समितिको क्षेत्रभित्र बत्ती बालिसक्ने योजना बनाइएको छ । अहिले बत्ती जडानका लागि खम्बा गाड्ने काम धमाधम भइरहेको जनाइएको छ । 

सबैभन्दा बढी वडा नं २ मा ७४ वटा खम्बा गाडिएका छन् । वडा नं ३ मा ५२ र १ मा ४३ वटा खम्बा गाडिएको जनाइएको छ । कुल एक करोड ८० लाख रुपैयाँको परियोजनामा स्थानीय विकास मन्त्रालयको ६५, बागलुङ नगरपालिकाको २० र उपभोक्ताको १५ प्रतिशत लगानी छ । समृद्ध र सुरक्षित बागलुङ नगरको लक्ष्यलाई सौर्य सडक बत्तीले टेवा पुग्ने बागलुङ नगरपालिका कार्यालयका योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो । 

उहाँका अनुसार उपभोक्ताबाट थप चार सय सडक सौर्य बत्ती माग भएको छ । दोस्रो चरणको कार्यक्रममा उक्त मागअनुसार सौर्य बत्ती जडानको कामलाई विस्तार गरिने उहाँको भनाइ छ । “अहिलेको एक सय ६९ र थप माग भइआएको चार सय बत्ती जडान हुँदा नगरको बजार क्षेत्र पूरै ‘कभरेज’ हुन्छ”, अधिकृत सुवेदीले भन्नुभयो । उपभोक्ताबाट आएको मागलाई मन्त्रालयमा पठाइएको र स्वीकृत भएर आउना साथ मङ्सिरदेखि दोस्रो चरणको काम सुरु हुने उहाँको भनाइ छ । 

जनसहभागितामा आधारित सौर्य सडक बत्ती परियोजनाबाट बागलुङ नगर झिलिमिली हुने भएको छ । सौर्य बत्ती जडानले नगर क्षेत्रका सडकले अँध्यारोबाट मुक्ति पाउनेछन् । बटुवादेखि सवारी आवातजावतसम्मलाई यसले सहजता थप्नेछ । नियमित विद्युत् आपूर्ति नहुँदा पनि सौर्य बत्तीले चौबिसै घन्टा सडकलाई उज्यालो दिनेछ । सरकारले देशभरका सहरी क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्न योजना बनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?