असोज ९, काठमाडौँ | माइक्रोब्लगिङ साइट टि्वटर बिक्रि हुने तयारीमा रहेको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् ।

आर्थिक संकटको सामना गरिरहेको ट्वीटरले आफैलाई बेच्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ९, काठमाडौँ | माइक्रोब्लगिङ साइट टि्वटर बिक्रि हुने तयारीमा रहेको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् ।

आर्थिक संकटको सामना गरिरहेको ट्वीटरले आफैलाई बेच्न"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगलले किन्दैछ टि्वटर (कति छ ट्विटरको मूल्य)

२०७३, ९ आश्विन आईतवार ११:०६

असोज ९, काठमाडौँ | माइक्रोब्लगिङ साइट टि्वटर बिक्रि हुने तयारीमा रहेको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् ।

आर्थिक संकटको सामना गरिरहेको ट्वीटरले आफैलाई बेच्ने तयारी गर्दै गर्दा बिभिन्न कम्पनीहरुसँग छलफल चलाएको छ । टि्वटरको खरीदबिक्रिको छलफलमा सहभागी हुने कम्पनीहरुमध्ये गुगल पनि एक हो । सन् २०१३ यता टि्वटर कम्पनीको वृद्धिदर निकै सुस्त छ । 

रिपोर्ट अनुसार टि्वटरले आफ्नो कम्पनी बिक्रि गर्नका लागि अल्फाबेट मातहतको गुगलसँग कुराकानी गरिरहेको छ । टि्वटर कम्पनीको बजार मूल्य अहिले १६ अर्ब डलर रहेको छ । बिक्रि कतिमा गर्छ भन्ने कुरा भने किन्ने कम्पनी सँगको सम्झौता अनुसार हुनेछ । 

टि्वटरको खरीद बिक्रिका विषयमा वार्ता चलिरहेको खबर सार्वजनिक भएसँगै शुक्रबार टि्वटरको शेयर २० प्रतिशतले बढेको थियो र जसको कारण प्रति सेयर मूल्य २२.४६ डलर पुगेको थियो ।

विश्लेषकहरुका अनुसार गुगलको मातृ कम्पनी अल्फाबेटका लागि टि्वटर खरीद गर्नु सकारात्मक कदम हुनेछ । किनकी अहिलेसम्मका कैयन् कोसिसहरुका बाबजुत पनि गुगलले सोसल मिडियाको क्षेत्रमा खासै प्रगति गर्न सकिरहेको छैन ।

रिपोर्ट अनुसार टि्वटर कम्पनीको खरीद बिक्रिको सम्झौता २२ डलर प्रतिशेयर मूल्यमा हुनसक्दछ । सन् २०१३ मा पहिलोपटक शेयर जारी गर्दा टि्वटरको शेयर मूल्य २६ डलर थियो । आइपिओ जारी भएको एक महिनामै टि्वटरको शेयर मूल्य उकाशिएर ७४ डलर सम्म पुग्यो । तर त्यसपछि भने टि्वटरको शेयर मूल्य ओह्रालो लागिरह्यो र गत बुधबार १८.६३ डलर सम्ममा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से