2026-10-16 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई

2026-09-17

काठमाडौँ | श्रम संस्कृति पार्टीले द ग्रे जोनको रिपोर्ट र सार्वजनिक कागजातका आधारमा नेपालको राजनीति र नेतृत्वको विकासक्रममा विदेशी हस्तक्षेप भइरहेको भन्दै प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर पार्टीका प्रमुख सचेतक आरेन राईले यस्ता गतिविधिले देशको सार्वभौमसत्ता र स्वाधीनतामाथि अपमान गरेको बताए । सांसद राईले द ग्रे जोन रिपोर्टमा प्रकाशित सार्वजनिक कागजातहरूले नेपालमा विदेशी सहयोगमा सञ्चालित राजनीतिक तथा नेतृत्व विकासका कार्यक्रमहरूमाथि गम्भीर प्रश्न उठाएको बताए ।

कसैको नाम कागजमा हुनु मात्र विदेशी हस्तक्षेपको प्रमाण नभएपनि यस्ता गम्भीर प्रश्नको जवाफ नदिई सरकार मौन बस्न नमिल्ने उनले बताए । उनले भने, ‘सरकारसँग नेपालमा विदेशी सरकार वा संस्थाको सहयोगमा सञ्चालित राजनीतिक, नेतृत्व विकास, युवा परिचालन लगायतका सबै कार्यक्रमको विवरण, बजेट र उद्देश्य सार्वजनिक गर्न, ती कार्यक्रमबाट कुन संस्था वा व्यक्तिले कस्तो तालीम वा आर्थिक सहयोग प्राप्त गरे, त्यसको सम्पूर्ण विवरण संसद्‌मा पेस गर्न, कुनै पनि विदेशी सहयोग राजनीतिक दलको निर्वाचन, नेतृत्व निर्माण वा सत्ता परिवर्तनमा प्रयोग भएको हो वा होइन, त्यसको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र भविष्यमा नेपालको राजनीति र निर्वाचनमा हुने विदेशी प्रभाव रोक्न स्पष्ट कानुनी मापदण्ड र संसदीय निगरानीको व्यवस्था गर्न माग गर्दछु ।’

सांसद राईले द ग्रे जोनको विषयलाई लिएर सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति टिप्पणी गर्दै यो विषयमा सत्तापक्ष र केही दलका नेताहरूले अनावश्यक राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए ।‘जेनजी आन्दोलन वास्तवमा एउटा उमेर समूहले गरेको हो, त्यसलाई कुनै पार्टी वा व्यक्ति विशेषसँग जोडेर हेर्न मिल्दैन। तर सत्तापक्षले आफ्नो विरुद्ध प्रश्न उठ्ने बित्तिकै आन्दोलनकारीलाई देखाएर ढाकछोप गर्ने प्रयास गरिरहेको छ,’ उनले भने । सांसद राईले नेपालको राजनीतिक भविष्य नेपाली जनताको मत, नेपालको संविधान र नेपाली जनताको स्वार्थबाट निर्देशित हुनुपर्नेमा जोड दिए। ‘हामी मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध विस्तार गर्न चाहन्छौँ, तर नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु