२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरामा मिनी सडक महोत्सव हुँदै

९ आश्विन २०७३, आईतवार १३:५८

असोज ९, पोखरा | रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल रेबान पोखराले पर्यटन प्रवद्र्धन गर्न मिनी सडक महोत्सवको गर्ने भएको छ । पर्यटन दिवसको अवसर पारेर असोज ११ गते मिनि सडक महोत्सव गर्ने रेवानका अध्यक्ष चौ बहादुर गुरुङले जानकारी दिए ।

विश्व पर्यटन दिवसको अवसरमा रेवानले विगत ८ वर्षदेखि मिनी सडक महोत्सव गर्दै आए उनले जानकारी दिए । पोखरालाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्देश्यले सडक महोत्सव र मिनी सडक महोत्सव गर्दै आएको उनले बताए ।

मिनी सडक महोत्सव बाराही चोकदेखि खहरेसम्म बेलुका ५:०० बजेबाट राति अबेरसम्म एक दिने मिनी सडक महोत्सव आयोजना गर्न लागेको मिनी सडक महोत्सवका संयोजक वैभव पौडेलले जानकारी दिए ।

महोत्सवमा सडकमै विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खानाको परिकार रेस्टुरेन्टहरुले उपलब्ध गराउने उनले जानकारी दिए । रेस्टुरेन्टहरु सडकमै हुनेछन् । नेपालका विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी, सडकमै मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुतिका साथ मिनी सडक महोत्सव आयोजना हुने पौडेलले जानकारी दिए । पञ्चेबाजा, गन्धर्व बाजा र लाइभ म्युजिक मिनी सडक महोत्सवका आकर्षण हुनेछन् । नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवद्र्धक रहेको छ ।

पर्यटन दिवसका दिन बस र जहाजबाट पोखरा आइपुग्ने पाहुनालाई पोखरा र एयरपोर्ट र पोखरा बसपार्कमा फूलमाला र पञ्चेबाजासमेतले स्वागत गर्ने तयारी रहेको छ । त्यसै गरि लेकसाइडमा सौर्यबत्ती मर्मतसम्भार गरी सबैतिर बल्ने बनाइँदैछ । बिग्रेका सिसिटिभी मर्मतसम्भार गरी पुनःसञ्चालन गर्ने तयारी समेत रहेको रेवान पोखरा निर्वतमान अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो