2026-09-19 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

अब नेपालमै सवारी उत्पादन गर्ने तयारी

बैशाख १९, काठमाडौं | नेपालमा बर्सेनि करिब एक खर्ब रुपैयाँभन्दा बढीको सवारी आयात हुने गरेको छ। सवारी आयातलाई रोक्न नेपालमा नै उत्पादनको विकल्प छैन। गाडी सुविधाभन्दा पनि आवश्यकता बन्दै गएपछि सरकारले आयातभन्दा पनि नेपालमा नै गाडी उत्पादन गर्ने निर्णय गरेको हो। 

लगानी बोर्ड नेपालले सरकारको निर्णयअनुसार नै भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्बली प्लान्ट आयोजनालाई अघि बढाइरहेको छ। बोर्डको ५१औं बैठकले एसेम्बल प्लान्ट परियोजना विकासका लागि मोट्रेक्स कम्पनीसँग वार्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो। कम्पनीले २०७६ सालमा बोर्ड समक्ष उक्त एसेम्बल प्लान्ट स्थापनाको प्रस्ताव पेस गरेको थियो।

२०७६ सालमा नै गाडी उत्पादन गर्ने कोरियाली कम्पनीसँग बोर्डले प्रारम्भिक लगानी सम्झौता गरेको थियो। तर, कोभिडलगायतका कारण योजना कार्यान्वयन सम्झौता हुन सकेको छैन। कम्पनीले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको सेक्टर एमा १० अर्ब ५४ करोड रुपैयाँ लगानीमा नेपालमा कम्पनी सुरुवात गर्ने भनिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कोरियाली लगानी भित्र्याउने निर्णय गरेका थिए।

तर, सरकारको कार्बन उत्सर्जनलाई शून्यमा झार्ने नीतिसँगै यस आयोजनाको प्रकृतिमा केही परिवर्तन भएको बोर्डका प्रवक्ता अमृत लम्सालले जानकारी दिए। सुरुमा चारपाङ्ग्रे सवारीसाधनका साथै विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी भएको थियो। तर, अहिले पेट्रोलियम पदार्थबाट चल्ने नभई विद्युत्बाट चल्ने (इलेक्ट्रिक भेइकल–ईभी) मा उत्पादन गर्ने बोर्ड बैठकले नै निर्णय गरेको लम्सालले जानकारी दिए। आयोजनाले अब ईभीका पार्टपुर्जा र गाडी उत्पादन गर्नु पर्नेछ।

यसमा पनि मोट्रेक्स सहमति जनाएको छ। तर भन्सार तथा अन्तःशुल्कमा पछिसम्म नै छुटको सुनिश्चित गर्नुपर्ने उसको प्रस्ताव छ। यसमा अर्थ मन्त्रालयको सुझाव प्रतीक्षा भइरहेको प्रवक्ता लम्सालले बताए। प्लान्ट ईभीमा मात्र रूपान्तरण हुने भएपछि आयोजनाको लागत करिब सात अर्ब रुपैयाँमा सीमित भएको छ। 

मुलुकको तीन तिहाइभन्दा बढी रकम आयातमा खर्चिने हुँदा गाडीको उत्पादन नेपालमा नै हुँदा यसले आर्थिकसँगै परनिर्भता पनि हटाउने बताइएको छ। केही समय लागे पनि मोट्रेक्सले नेपालमा नै गाडी उत्पादन गर्ने विश्वास बोर्डको छ। कम्पनीले नेपालमा नै पहिलो पटक विद्युतीय गाडीको पनि पार्टपुर्जा एसेम्बल गर्नेछ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई