भदौ १०, भक्तपुर । भक्तपुर जिल्लालाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ । योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १०, भक्तपुर । भक्तपुर जिल्लालाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ । योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना "/>

2026-06-19 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुर पहिलो योग जिल्ला घोषणा

2016-09-26


भदौ १०, भक्तपुर । भक्तपुर जिल्लालाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ । योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना जागृत गर्ने उद्देश्यले आज वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा गर्नुभएको हो । 

योग जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणासभामा मन्त्री भण्डारीले मानव जीवन र स्वास्थ्यसँग जोडिएको योगलाई मानवका दैनिक गतिविधिसँग जोड्नुपर्ने बताउनुभयो । योगको क्षेत्रमा कार्यरत पतञ्जली योग समिति भक्तपुर, मनोक्रान्ति योग साधना केन्द्र, ब्रह्मकुमारी राजयोग केन्द्र, ओशो ध्यान केन्द्र भक्तपुर, चरित्र निर्माण सङ्घ, शिवयोग साधना केन्द्र, मङ्गल योग तथा प्राकृतिक चिकित्सा उपचार केन्द्र, बाराही योग तथा प्राकृतिक चिकित्सालय, यशोधरा योग साधना केन्द्रको समन्वयमा योग जिल्ला घोषणा गरिएको हो । 

घोषणासभामा पूर्वमन्त्री महेश बस्नेत, देवीप्रसाद ओझा, पूर्वसहायकमन्त्री हरिशङ्कर परियार, सांसद केदार सञ्जेल, प्रजिअ तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, प्रहरीप्रमुख किरण बज्राचार्य र नेपाली काँग्रेसका जिल्ला प्रतिनिधिको सहभागिता थियो । 

भक्तपुरको कुल जनसङ्ख्यामध्ये १० देखि ७० वर्ष उमेर समूहको ५१ प्रतिशतभन्दा बढी जनसङ्ख्या योगसँग प्रचलित योगमध्ये कुनै न कुनै प्रकारको योगका बारेमा जानकारी भएको, योगाभ्यास एवम् ध्यान साधना गर्ने, नगरपालिकाको प्रत्येक वडामा एक केन्द्र विस्तारलगायतका मापदण्ड पूरा गरी जिल्लालाई योग जिल्ला घोषणा गरिएको समन्वय समितिका अध्यक्ष बालमुकुन्द सुवालले बताउनुभयो । हाल भक्तपुरमा एक सय ५७ योग तथा साधना केन्द्र भएको जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ