२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री खाँण तानिए, यस्तो रहेछ लेनदेन कनेक्सन

२०८०, २२ बैशाख शुक्रबार ११:१७

बैशाख २२, काठमाडौँ | पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न मुख्य व्यक्तिहरुलाई जोगाउने र कतिपय असम्बन्धित एमाले नेताहरुलाई प्रतिशोधको शैलीमा फसाउने चलखेल प्रष्ट देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागेका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीले अहिले भइरहेको छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानसमेत साटफेर भएको भरपर्दो ‘सूचना शेयर’ गरेपछि २०७९ चैत १३ मा अभियुक्त सानु भण्डारीले दिएको बयान ‘होल्ड’ गरेर नयाँ प्रक्रियाबाट छानबिन थालिएको खुलेको छ ।

यो प्रकरणमा सबैभन्दा निर्णायक भूमिका खेल्ने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउन खोजिएको पाइएपछि शीर्ष राजनीतिक तहमा हलचल पैदा भएको हो । विभिन्न व्यक्तिसँग पैसा उठाएका मुख्य अभियुक्तहरुले बादल गृहमन्त्री भएका बेला काम नहुँदै सरकार ढलेपछि बालकृष्ण खाँण गृहमन्त्री भएपछि सचिव टेकनारायण पाण्डेमार्फत काम अघि बढेको बयान दिएका छन् ।

ओलीले प्रचण्डसँगको भेटमा चेते १३ गते सानु भण्डारी भन्ने अभियुक्तले दिएको बयान के भयो ? भन्दै त्यसको रेकर्ड मागेको स्रोतले जनाएको छ । बस्याल थरका अनुसन्धान अधिकृतसँगको बयानमा बालकृष्ण खाँण र मन्जु खाँणको समेत नाम आएपछि बयान नै रोकिएको थियो । मन्जु बालकृष्ण खाँणकी पत्नी तथा प्रतिनिधि सभा सदस्य हुन् ।

अभियुक्तले बालकृष्ण खाँणलाई ४ करोड ७५ लाख रुपैया दिइएको बताएका थिए । बयानको अडियो रेकर्ड गरिएको थियो र सो रेकर्ड प्रहरी महानिरीक्षक र महान्यायाधिक्तासम्म पुगेका थियो । त्यसपछि एक साता बयान होल्ड गरेर पुनः बयान लिइएको हो ।

बालकृष्ण खाँण कसरी जोडिए ?

नक्कली शरणार्थी बनाउने गिरोहले काम फत्ते नगर्दै केपी ओली सरकार ढल्यो र रामवहादुर थापा बादल सर्बोच्चको आदेश बमोजिम मन्त्रीबाट पदमुक्त भए । त्यसपछि बादलका सल्लाहकार इन्द्रजीत राईलगायत काम मिलाउँछौं भन्दै पैसा खाने गिरोह भागाभाग भयो ।

त्यसपछि पीडितहरुले अब डुबियो भन्दै विभिन्न ठाउँमा उजुरी दिने क्रममा गृह मन्त्रालयमा पनि दिएका थिए । २०७८ असार २८ गते परमादेशबाट शेरवहादुर देउवा प्रधानमन्त्री भए भने गृहमन्त्री बालकृष्ण खाँण भए । खाँण गृहमा आएपछि महेश्वर न्यौपानेको ठाउँमा गृहसचिव भएर टेकनारायण पाण्डे आए । गृहमा उजुरी समेत परेको र केही व्यक्ति भेट्न गएपछि पाण्डेले यो प्रकरणबारे बुझ्न थालेको र आफूहरुले सबै जानकारी दिएर यो प्रकरणमा सघाउन आग्रह गरेका बयानमा उनीहरुले भनेका छन् ।

ठगी गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वीकय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, तथा नेताहरुले पैसा लिएर पनि काम नगरेको बताए । उनीहरुले आफूहरु फसि सकेको भन्दै यो काम भएमा थप पैसा खर्च गर्ने बताए ।

हाल कांग्रेसका सांसद रहेका खाँणनिकट एक नेताले पनि काम मिलाउँने भनेर केही रकम लिएको बयानमा उल्लेख छ । ती नेतामार्फत मन्जु खाँणसम्म यो कुरा पुगेको थियो भने यो विषय आरजु देउवासम्म मिलाउनुपर्ने भन्दै गिरोहलाई दुहुनो गाई बनाउने खेल त्यसक्रममा चल्यो ।

गिरोहको सदस्यबाट पैसा पाइने निश्चित भएपछि तत्कालीन गृह सचिव टेक नारायण पाण्डेले मन्त्रालयबाट हुने प्रमाणिकरणको काम आफूले मिलाइदिने तर बाँकीको व्यवस्थापन उनीहरुले गर्नुपर्ने बताए ।

भण्डारीले बयानमा भनेका छन्– त्यसका लागि मन्त्रीसँग पनि कुरा गर्नुपर्छ र मन्त्रीलाई पनि पैसा दिनुपर्ने कुरा सचिवले भने । गृह सचिवले नै मन्त्रीसँग कुरा गरेपछि हामीले थप पैसा दिएका हौं ।

कति पैसा दिएको भन्ने बयानमा उल्लेख भए पनि प्रहरीले रकम खुलाएको छैन र बालकृष्ण खाँणलाई अहिलेसम्म छानविनमा ल्याएको छैन । त्यसका लागि माथिल्लो तहबाट आदेश पर्खिएको अधिकारीहरु बताउँछन् ।

स्रोतका अनुसार गृह सचिव पाण्डेले नै गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेर सहयोगका यो गिरोहको बाँकी काम फत्ते गर्नका लागि अनुमति लिएर रकम बुझ्न थालेका थिए ।

यसबीचमा पैसा उठाउँनेमध्येका कतिपयले पनि पाण्डेलाई भेटेर काम हुने वा नहुने आधिकारिक जानकारी मागेका थिए । आफूहरुलाई दलाल गिरोहको भरोसा नरहेको भन्दै गजेन्द्र बुढाथोकी नामका एकजनाले गृहसचिव पाण्डेलाई भेटेर कन्फर्म गरेका थिए । पाण्डेकै आश्वासनपछि बुढाथोकी ढुक्क भएर आफन्त तथा चिनजानका मान्छेलाई अमेरिका जाने शीर्षकको पैसा नफस्ने बताएका थिए ।

यसबीचमा गृह सचिव पाण्डेले गृहमन्त्री खाँणसँगको सल्लाहमा भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र जारी गरेका थिए । प्रहरीले अहिलेसम्म संकलन गरेका तथ्यका आधारमा गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले ती परिपत्र गरेका थिए । त्यही प्रयोजनका लागि विभिन्न किस्तामा उनले ५० लाख रुपैया बुझेको पाइएको छ ।

सचिव पाण्डेमार्फत नै गिरोहका मुख्य नाइकेहरु केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर आश्वस्त बनेका थिए । दाङका सन्देशले आफूहरुले गृहसचिवमार्फत नै खाँणलाई भेटेर सबै विषय जानकारी गराएको बयान दिएका छन् ।

यो सबै जानकारी पाएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताइन्छ । यो प्रकरणलाई राजनीतिक हतियार बनाएर एमालेको बदनाम गर्ने र सत्ता गठबन्धनका नेताहरुलाई जोगाउँने खेल भएपछि उनले चैत १३ को रेकर्ड समेत बाहिर आउँने चेतावनी दिएका छन् ।

प्रहरी र सरकारी वकिलभित्रैबाट यो कुरा एमाले नेताहरुसम्म लिक भएको बताइन्छ । सरकारी वकिलले प्रहरीसँग दिएको बयानका कतिपय भाग हटाइएकोमा प्रश्न उठाएका छन् । अभियुक्तको बयान नै अन्तिम सत्य हुन्न तर प्रहरीले माथिको दबामा आफू अनुकुल बयान काँटछाँट गर्न नमिल्ने सरकारी वकिलहरुको भनाइ छ ।

स्रोतका अनुसार खाँणको नाम समेत आएपछि देउवाले प्रधानमन्त्रीसँग चासो राखेका छन । खाँणको नाम नलिई दोस्रो बयानको कागजमा सही गराउँन खोजिएपछि यो कुरा बाहिर आएको महान्यायाधिवक्ता कार्यालयका एक उच्च अधिकारीले बताए ।

यी अभियुक्तविरुद्ध जेठ १२भित्र अदालतमा मुद्दा दयार गर्नुपर्ने छ । -नेपाल प्रेसबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण