१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली शरणार्थी प्रकरणमा ‘केपी ओली’ माथि समेत छानबिन गर्न मेटमणी चौधरीको माग

२४ बैशाख २०८०, आईतवार ११:५५

वैशाख २४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीमाथि समेत छानबिन गर्नुपर्ने माग गरेका छन् । 

आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले त्यतिबेलाको सिंगो सरकार नै यो प्रकरणमा लागेको दाबी गरे । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली रहेका थिए भने गृहमन्त्री रामबहादुर थापा बादल रहेका थिए । 

उनले भने–‘तत्कालीन गृह सचिवले समेत नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषय स्वीकार गरिसकेको र त्यसबेलाका अन्य उच्च पदस्थ कर्मचारी र मन्त्रीहरुको समेत नाम मुछिन थालिएको छ र स्वीकार गरिने क्रम जारी छ । संभवत मलाई के लाग्दैछ भने स्वयं तत्कालीन सरकारले नै यो आपराधिक कार्यमा लागेको देखिएको थियो । त्यसैले जो जो यो कार्यमा विगतमा संलग्न थिए, त्यसबेलाका प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ । उहाँलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्छ । अनिमात्रै भष्टाचारीको अनुहार कस्तो छ, कसले भ्रष्टाचार गरेको थियो त्यो कुरा पत्ता लाग्न सक्छ ।’ 

उनले नागरिकता सम्बन्धी कानुन बनाएर सबै नागरिकलाई नागरिकता दिने काम गर्नपनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण