2026-09-19 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रलोभनमा यसरी ठगिए दाङका ६० जना

वैशाख २५, काठमाडौँ । घोराहीकी सविना पण्डित (नाम परिवर्तन) ले आफ्नी दिदी भुटानी शरणार्थी बनेर अमेरिका जाने तयारीमा रहेको सुइँको पाएपछि दिदीसँग आफू पनि शरणार्थीका रूपमा अमेरिका जान चाहेकाले मेसो मिलाइदिन आग्रह गरिन्। उनको प्रस्ताव पारित भयो। दुई दिदीबहिनी सँगै अमेरिका जाने निर्णयमा पुगे।

सविनाका अनुसार तुलसीपुरका गजेन्द्र बुढाथोकीमार्फत अमेरिका उड्ने योजना बुनेका उनीहरूलाई पहिलो पटक २०७७ चैत २३ गते एउटा फाराम भर्न काठमाडौं बोलाइयो। उनीहरूले फाराम भरे, ५–५ लाख रूपैयाँ पनि बुढाथोकीको हातमा थमाइदिए। सविनाले भनिन्, ‘फाराम भर्नुपर्छ भनेर भर्न लगाए।’ उनीहरूलाई सहजै अमरिका पुर्याउने भन्दै बिचौलियाको भूमिका खेलेका व्यक्ति हुन् बुढाथोकी। ‘अमेरिका जाने तयारीमा रहेकी दिदीलाई मैले मलाई पनि लैजान भनिदिनुस् भनेर अनुरोध गरें,’ सविनाले भनिन्, ‘दिदीले कुरा गरिदिनुभएछ। अनि मलाई पनि दिदीसँगै अमेरिका जाने तयारी गर्न भनियो, काठमाडौं गएर फाराम भर्न भनियोे, फाराम भरेपछि ५–५ लाख रूपैयाँ हामीले बुझायौं।’

तीन महिनापछि २०७८ असार दोस्रो सातातिर उनीहरूलाई चितवनमा बोलाइयो। त्यो बेला अन्तर्वार्ता भन्दै बोलाइएको थियो। लकडाउनका बेला भएकाले बुढाथोकीले गाडीको पास बनाइदिए। चितवन पुगेका उनीहरूलाई चितवनको एक होटेलमा राखियो। ‘राति १२ बजेतिर चितवनको एक होटेलमा लगियो, अन्तर्वार्ता छ भनेर हामीलाई रातारात बोलाइएको थियो,’ उनले भनिन्, ‘सरकारी कर्मचारीको ड्रेस लगाएका मान्छे थिए, उनीहरूले पनि हामीलाई भुटानी शरणार्थी बनेर सजिलै अमेरिका जान सकिने बताए।’ त्यो होटेल रामबहादुर थापाले सञ्चालन गरेको भनिएको थियो। त्यो बेला उनीहरूले फेरि १०–१० लाख रूपैयाँ बुझाए।

उनीहरू चितवनबाट घर फर्किए। फेरि सोही वर्षको कात्तिकमा उनीहरूलाई विराटनगर बोलाइयो। उनीहरूलाई त्यतिखेर भुटानी शरणार्थीको परिचयपत्र आइसकेकाले लिन भन्दै विराटनगर बोलाइएको थियो। विराटनगर बोलाउनेले भुटानी शरणार्थीको परिचयपत्र आइसकेकाले मेडिकल जाँच गर्न लगाए। सविनाले त्यो बेला आफूले फेरि ३० लाख रूपैयाँ बुझाएको बताइन्। ‘सबै गरेर मैले ४५ लाख रूपैयाँ बुझाएँ, विराटनगरमा मेडिकल जाँच गरेपछि हामीलाई घर फर्कन भनियो र दुईचार दिनमै अमेरिका उड्ने भनियो।’ तर सविना दिदीबहिनीको अमेरिका उडान भएन। भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग जोडिएका बुढाथोकी फरार भए। ‘आज होला भन्यो भएन, भोलि होला भन्यो भएन, हामीलाई अमेरिका पठाइदिने भनेका मान्छे (गजेन्द्र बुढाथोकी) सम्पर्कविहीन भए,’ सविनाले भनिन्, ‘बुझाएको ४५ लाख रूपैयाँ पनि फिर्ता भएको छैन।’ उनकी दिदीले भने ३५ लाख रूपैयाँ बुझाएकी रहिछन्। सविना दिदीबहिनीसहित ६० जना दङालीको लाखौं रकम भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी धन्दा गर्ने गिरोहले लियो।

तुलसीपुरका समीर केसी (नाम परिवर्तन) ले पनि भुटानी शरणार्थी बनेर अमेरिका जाने प्रलोभनमा २० लाख रूपैयाँ डुबाएका छन्। बुढाथोकी अमेरिकी ग्रिनकार्ड होल्डर भएको र उनले सहजै अमेरिका पुर्याइदिने आशामा समीरले पैसा बुझाएका थिए। ‘गजेन्द्र बुढाथोकी अमेरिकाको ग्रिनकार्ड होल्डर भएकाले उनले सजिलै अमेरिका पुर्याउँछन् भन्ने लागेर पैसा बुझाएको थिएँ,’ केसीले भने, ‘तर ठगको फेला परिएछ, २० लाख रूपैयाँ डुब्यो।’ उनलाई पनि सबिनालाई जस्तै फाराम भर्न भनेर काठमाडौं, अन्तर्वार्ता भनेर चितवन र परिचयपत्र लिन र मेडिकल जाँच भनेर विराटनगर बोलाइएको थियो। केसीका अनुसार चितवनमा उनलाई राखिएको होटेल नेता रामबहादुर थापाका छोराको भनिएको थियो। अमेरिका जाने भनेर सुरुमा दाङका ६० जना गिरोहको सम्पर्कमा पुगेका थिए। त्यसपछि पनि दाङका १०-१५ जना गिरोहको सम्पर्कमा पुगेको देखिन्छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई