२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नक्कली भुटानी शरणार्थी प्रकरण : लाखौं बुझाउन तयार ‘पीडित’ लाई पनि कारबाही हुन सक्छ ?

२०८०, २६ बैशाख मंगलवार ०६:०९

वैशाख २६, काठमाडौं | नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको ठगी प्रकरणमा हाई प्रोफाइलहरु पक्राउ पर्न थालेपछि एमाले सांसद सूर्य थापाले पीडित भनिएकालाई पनि कानूनी कारबाहीको दायरामा ल्याइनुपर्ने बताएका थिए ।

लाखौँ रूपैयाँ बुझाएर अमेरिका जाने ध्याउन्नमा आफूलाई शरणार्थी बनाउन तयार हुनेहरूमाथि पनि अनुसन्धान हुनुपर्ने उनको आशय थियो । त्यसयता अरुले पनि यो विषय उठाइरहेका छन् । अमेरिका पठाइदिने नाममा आफूहरूसँग २० देखि ५० लाख रूपैयाँसम्म उठाएर ठगी गरिएको भन्दै एक वर्षअघि नै ८१ जनाले प्रहरीमा उजुरी दिएका थिए ।

त्यसमा हालसालै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रारम्भिक अनुसन्धान गरेर विचौलियाका रूपमा देखिएका सानु भण्डारी, केशव दुलाललाई पक्राउ गरेको थियो । यो मुद्दा हाल संगठित अपराधमा लगेर काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । पूर्वमन्त्रीसमेत रहेका टोपबहादुर रायमाझीको खोजी भइरहेको छ भने उनका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरेको छ ।

यो प्रकरणमा पक्राउ परेका अभियुक्तले बयानको क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि संलग्नता देखाएका छन् । त्यस्तै शेरबहादुर देउवापत्नी आरजु राणा देउवा र बालकृष्ण खाणकी पत्नी मञ्जुलाई पनि पैसा दिएको भनी बिचौलियाले फोनमा गरेको कुराकानीको अडिओ प्रहरीकोमा पुगेको छ । जुन अडिओ प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।

प्रहरीसँग अझै बढीमा १५ दिनको समय छ जसभित्र अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोग पत्र दर्ता भइसक्नु पर्नेछ । पक्राउ नपरेकाहरू फरार प्रतिवादीका रूपमा अभियोग पत्रमा पेश हुनेछन् । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार यो प्रकरणमा हालसम्म एक सय ६० जनाभन्दा बढी पीडित देखिएका छन् ।

त्यसमध्ये अमेरिका जान तयार हुने जम्मा गर्ने लोकल एजेन्टहरू पनि पीडितका रूपमा रहेका छन् । त्यसो त विचौलियाका रूपमा देखिएका सानु भन्डारीले आफूहरूलाई पनि ठगिएको भन्दै केही महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । यतिबेला गैरकानूनीरूपमा भुटानी शरणार्थी बनेर अमेरिका जान खोज्नेहरूलाई प्रहरीले पीडितका रूपमा अघि सारेर हाई प्रोफाइलमाथि अनुसन्धान गरिरहेको छ ।

एकातर्फ ठगी भएको स्पष्ट देखिएको छ भने अर्कातर्फ पीडित भनिएकाहरू पनि गैरकानूनी कामका लागि तयार भएको देखिन्छ । उनीहरूले भुटानी शरणार्थी बन्न झूटा विवरण बुझाएको स्पष्ट देखिन्छ । पीडित भनिएकाहरू यदि अहिले अमेरिका पुगिसकेका हुन्थे भने यसरी जाहेरी पर्दैनथ्यो । उनीहरू गैरकानूनी तरिकाले अमेरिका प्रवेशलाई आफू सफल भएको मान्ने थिए । त्यो अवस्थामा अमेरिका जाने र उनीहरूलाई लैजाने दुवैमाथि कानूनी कारबाही हुन सक्थ्यो ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल यो प्रकरणमा पीडित भनिएकाहरूबाट पनि गैरकानूनी काम भएको बताउँछन् ।

‘तर यहाँ पीडितहरू ठगिएका छन् त्यो पनि सरकारी तहबाट । त्यसैले कानूनीरूपमा जाहेरवालाहरू पीडित देखिएका हुन्’, पूर्वडीआईजी मल्ल भन्छन् ।

मानव तस्करीमा पनि पीडितहरूलाई गैरकानूनी तरिकाले जान लागेको कुरा थाहा नहुने तर अप्ठेरो वा ठाउँमा नपुगेपछि उनीहरूलाई कानूनले पीडितका रूपमा हेर्ने गरेको मल्लको भनाई छ ।

महान्यायधिवक्ता कार्यालयका अधिकारी यो विषय जवाफ दिन गाह्रो हुने तर अनुसन्धानका क्रममा पीडितहरू पनि कानूनी कारबाहीको दायरामा आउन सकिने बताउँछन् ।

‘कोही व्यक्तिले मलाई हिरोइन दिन्छु भनेर गहुँको पिठो दियो भनेर उजुरी गर्न आउँछ भने त जाहेरवाला पनि कारबाहीको दायरामा आउँछ’, महान्यायधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मी भन्छन् ।

भुटानी शरणार्थी बनेरै अमेरिका जान तयार भएको हो कि उसलाई अन्य प्रलोभन देखाएर अमेरिका लैजान खोजिएको हो भन्ने आधारमा पीडितहरूमाथि कानूनी कारबाहीको प्रक्रिया थाल्न सकिने/नसकिने निर्भर हुने उनी बताउँछन् ।

‘कागजातहरूबाट उनीहरू भुटानी शरणार्थी बन्न तयार भएर अमेरिका जान खोजेको भन्ने देखिन्छ भने त पीडितहरू पनि कानूनी कारबाहीको दायरामा आउन सक्छन्’, उनी भन्छन् ।

त्यसो भए ठगी मुद्दामा पीडितमाथि छुट्टै मुद्दा दर्ता गरेर अनुसन्धान गर्न सकिन्छ त ? भन्ने प्रश्नमा रेग्मीले कानूनले नरोकेको बताए । ठगीसम्बन्धी मुद्दामा पीडितमाथस नै अनुसन्धान हुँदा उनीहरू उजुरी गर्न आउने सम्भावना नै कम हुने अनुसन्धान अधिकारीहरू बताउँछन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसी पीडितको पक्षमा राज्य बोल्नुपर्ने भएकाले पीडकलाई कारबाही गर्ने हिसाबले अनुसन्धान हुने गरेको बताउँछन् । नेपाल प्रेसबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन