2026-09-19 07:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पूर्वएसएसपी लव विष्टको खुलासा: नोटको बिटोसहित बुढानीलकण्ठकी भाउजुको चाकडी नगर्दा बढुवाबाट छुटाइयो

वैशाख २८, काठमाडौं | नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले प्रहरी संगठनभित्र हुने राजनीतिक हस्तक्षेप र मोलमोलाइको पीडित आफू पनि भएको बताउँदै ७ वर्षपछि एउटा ‘खुलासा’ गरेका छन्। 

काभ्रेका विष्टले सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै आफ्नो प्रहरी सेवाकालको घटना स्मरण गराएका छन्।  उनले आफू प्रहरी सेवामा रहँदा २ वटा राजनीतिक आक्रमण भएको विषय सार्वजनिक गेका छन्। पहिलो आक्रमण २०४७ सालमा भएको उनको दाबी छ।

२०४७ मा सप्तरीबाट २४ घन्टामा दार्चुला सरूवा गरिएको उनले बताएका छन्। सोझा गाउँलेलाई डांका मुद्दा लगाएर फसाउन नमान्दा त्यतिबेला आफ्नो दार्चुला सरुवा भएको विष्टको भनाइ छ। 

‘सरुवाको कारण निमुखा गाउँलेहरुलाई फसाउन रचिएको झुटा डांका मुद्दा दर्ता गर्न नमानेको। सरुवा गराउने नेपाली कांग्रेस सप्तरीका नेता राम कुमार चौधरी जो गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र हुन्,’ विष्टले लेखेका छन्। 

त्यसपछि २०७३ सालमा आफूमाथि आक्रमण भएको उनको भनाइ छ। २०७३ मा एसएसपीबाट डीआईजी बढुवा हुनेबेला ज्येष्ठताका आधारमा आफू पहिलो नम्बरमा रहेको विष्टको दाबी छ। तर, तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई पैसा बुझाउन नमान्दा आफू बढुवाबाट बञ्चित भएको विष्टले उल्लेख गरेका छन्। 

‘कार्यसम्पादनमा समेत अव्बल हुँदाहुँदै पनि नोटको बिटोसहित बिमलेन्द्र निधिमार्फत् बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट बञ्चित भइ अवधि नै नपुगी प्रहरी सेवाबाट हट्नु परेको थियो। जस होस् नेपाली कांग्रेसको,’ विष्टले भनेका छन्।

विष्टको बढुवा हुनेबेला २०७३ पुस १ गते तीन डीआईजीको पद रिक्त थियो। त्यतिबेला गणेश केसी, रमेश भट्टराई र केदारमान सिंह भण्डारीलाई बढुवाका लागि सिफारिस गरिएको थियो। 

बढुवामा छुटेपछि विष्ट २०७३ पुस १५ गते एसएसपीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा गएका थिए। त्यतिबेला विष्टसँगै अर्का एसएसपी बलराम शर्मा पौडेल पनि अनिवार्य अवकाशमा गएका थिए।  नेपाल लाईभबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई