१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टेकुमा डीएसपीहरु बस्ने कोठा पूर्वगृहमन्त्रीको हिरासत

२८ बैशाख २०८०, बिहीबार १२:०९

वैशाख २८,  काठमाडौँ |  नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर, टेकुले छुट्टै कोठामा राखेको छ ।

अरु बेला प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु बस्ने कोठामा उनलाई राखिएको हो । कोठाभित्र राखेर बाहिरबाट चुकुल लगाइएको छ । बाहिरपट्टी उनलाई रुंग्न दुई जना प्रहरी बसेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की स्वास्थ्य सम्बन्धी समस्याका कारण विशेष व्यवस्था गर्न म्याद थप हुँदा आदेश भएको बताउँछन् ।

‘तर जिल्ला प्रहरी परिसर, टेकुमा त्यस्तो विशेष व्यवस्था केही छैन,’  उनले  भने, ‘यहीँ भएको एउटा छुट्टै कोठामा राखेका छौं।’ हिरासतमा नक्कली शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरु भएकाले एकैठाउँमा सबैलाई राख्नु उपयुक्त पनि नहुने प्रहरी अधिकृतहरु बताउँछन् ।

‘बयान भइनसकेको अवस्थामा सल्लाह गर्ने अवस्था पाउनसक्छन्, त्यसैले छुट्टाछुट्टै राखेका हौं’, जिल्ला प्रहरी परिसर, काठमाडौंका ती अधिकृतले भने । खाँणलाई हालसम्म भेट्न परिवारका सदस्य र शुभेच्छुकहरु मात्र आएका छन् । हालसम्म नेताहरु उनलाई भेट्न नपुगेको प्रहरी अधिकृतहरु बताउँछन् ।

‘प्रदेशका एक जना सांसद् चाहिँ आउनु भएको थियो, अरु खासै आउनु भएको छैन’, ती अधिकृतले भने, ‘उनले यहीँ क्यान्टिनको खाना खाइरहनु भएको छ, भित्र उहाँको कपडाहरु भएको झोलाबाहेक अरु केही दिइएको छैन।’

प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयका सचिव रहेका टेकनारायण पाण्डेलाई प्रहरी वृत्त, सिंहदरबारमा राखेको छ । त्यहाँ पनि उनलाई छुट्टै कोठामा राखेको छ । ‘उहाँको पनि स्वास्थ्य समस्या रहेछ, त्यसैले सँगै नराखिएको हो’, सिंहदरबार प्रहरीका एक अधिकृतले भने, ‘छुट्टै स्थानमा थुनेर राखिएको हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण