९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेर सुझाए यी तीन कुरा

२९ बैशाख २०८०, शुक्रबार ०७:१३

वैशाख २९, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् । रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भ्रष्टाचारविरूद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न आग्रह समेत गरेका छन्।


‘नक्कली शरणार्थी प्रकरणबारे भइरहेको अनुसन्धानप्रति प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिएँ। भ्रष्टाचारविरूद्धको अभियान हाम्रो पनि हो, जसले नेतृत्व गरे पनि यो सबै पार्टीको साझा दायित्व हो, सबै दल मिलेर यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ। प्रधानमन्त्रीज्यू दह्रोसँग अनुसन्धान गर्नुहोस् भनेर दलको तर्फबाट पूर्ण साथ, सहयोग र समर्थन रहन्छ भनेर विश्वास दिलाएँ,’ सभापति लामिछानेले संचारकर्मीसंग भने।

प्रधानमन्त्रीमाथि दबाब परेको छ कि, अनुसन्धान प्रभावित भएर निष्कर्षमा पुग्दैन कि भन्ने लागेर त्यसबारे पनि जिज्ञासा राखेको उनले बताए।

‘प्रधानमन्त्री उच्च मनोबलमा हुनुहुन्थ्यो। कतिपय बेला दबाब, प्रभाव अनुहारमा देखिन्छ। मैले त्यस्तो रहेछ कि भनेर पनि बुझेँ र तर, उहाँको बडी ल्याङ्ग्वेज हेर्दा उच्च आत्मविश्वासी नै पाएँ। उहाँ निकै खुसी हुनुहुन्छ,’ लामिछानेले संचारकर्मीसंग भने, ‘प्रधानमन्त्रीमा यसलाई निष्कर्षमा पुर्‍याउने हुटहुटी नै पाएँ।’

रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। 

सरकार ढल्छ भनेर चिन्ता नगर्नुस्

प्रधानमन्त्रीलाई सरकार ढल्ला भनेर भ्रष्टाचारका फाइल खोल्न नडराउन सुझाव दिएको लामिछानेको भनाइ छ। यस प्रकरणलाई निष्कर्षमा पुर्‍याउँदा सरकार ढल्छ, समर्थन गुम्छ भने पनि तयार रहन र पुराना फाइल खोतल्दै भ्रष्टाचार निवारणमा नयाँ मानक स्थापित गर्न आफूले सुझाव दिएको र जवाफमा प्रधानमन्त्री सकारात्मक पाएको उनले बताए।

प्रहरी प्रशासनलाई हस्तक्षेप नहोस्

आफू पूर्वगृहमन्त्री भएका नाताले नक्कली शरणार्थी प्रकरणलगायत भ्रष्टाचारका फाइल खोल्ने सबालमा प्रहरी प्रशासनलाई कुनै पनि हस्तक्षेप नहोस् भनेर ध्यानाकर्षण गराएको लामिछानेले बताए।

‘यस प्रकरणमा प्रहरी प्रशासनले आफ्नो ढंगले अनुसन्धान नहोस्, राजनीतिक हस्तक्षेप, प्रभाव नहोस् भनेर भनें,’ उनले भने, ‘प्रधानमन्त्रीको हुटहुटी हेर्दा त्यसको छनक छैन। उहाँ एकदमै उत्साहित हुनुहुन्छ।’

‘नक्कली शरणार्थी प्रकरणमा उहाँ रोकिनुहुन्न। उहाँ एकदमै सकारात्मक पाएँ,’ उनले भने।

तीन दलको मात्रै बैठक नबस्नुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तारन्तार भइरहेको भेटप्रति पनि आफूले जिज्ञासा राखेको सभापति लामिछानेले बताए।

‘तपाईंहरू तीन दल बसिरहनु भएको छ, दिनहुँजसो। देशको सवालमा हो भने अर्को चौथो दल पनि छ। हामीलाई पनि सँगै राख्नुहोस्। देशका महत्त्वपूर्ण सवालमा हामीलाई किन छुटाउनुहुन्छ? भनेर सोधें, जवाफमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै