२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

श्रीमान विदेश, लाखौं हिनमिना पारेर श्रीमति वेपत्ता भएपछी…

२०७३, १० आश्विन सोमबार १२:२७

प्रेम सुनार/असोज १०, गुल्मी । दुई महिना अघि मात्र विदाईका आँशु वगाउँदै श्रीमानलाई छिट्टै फर्किनु होला है भन्दै छिप्लो घसेकी श्रीमति विभिन्न संघ संस्था र व्यक्तिहरु संग लाखौं ऋण काढेर घरबाट बेपत्ता भए पछि गुल्मीका एक दलित युवा दुई महिनामै विदेशबाट घर फर्किन बाध्य भएका छन् ।

हर्दिनेटा गाविस वडा नम्वर ८ वाँसखर्कका ३२ वर्षिय रामबहादुर नेपाली  श्रीमति वेपत्ता  भएको र घरमा स–साना वालवालिकाहरुको विचल्ली भए पछि महिनामै घर फर्केका हुन् । गुल्मीकै नयाँगाउँमा माईती घर भएकी उनकी २९ वर्षिया श्रीमति दुर्गा नेपाली भदौं २९ गते देखि घरबाट बेपत्ता भएको पिडित नेपालीले बताए ।

त्यस दिन विहान करिव ९ वजेको समयमा छोरा छोरीलाई स्कुल जाउ भनेर घरबाट हिडेको बताईएको छ । यस अघि पनि दुवईको सारजामा दुई तिन पटक आवत जावत गर्ने नेपाली दुई महिना अघि मात्र घर आएर गएको बताउँछन् ।

घरमा ८ वर्षका एक छोरा र १० वर्षकी एक छोरी छाडेर ३ वर्षको काखका एक छोरा लिएर घरबाट हिडेपछि उनको  फोन स्वीचअफ हुन छाडेकोले माईतीमा सम्पर्क गरिएको र  तिजमा उनि माईतीमै रहेको जानकारी परिवारले दिएको उनले बताए ।

घरमा रहेको पाठो समेत वेचेको र धेरै संघ संस्थाबाट र श्रीमानले ऋण तिर्न पठाएको रकम सहित ६ लाख रुपैयाँ हिनामिना गरेको आरोप श्रीमानले लगाएका छन् । उनले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी समेत दिएको बताए ।

यस सम्वन्धमा  ति महिलाको माईती घर नयाँगाउँ ६ मा सम्पर्क राख्दा उनकी आमा रुपा नेपालीले छोरी तिजमा आउदा आफुहरुले नचिनेको मान्छे संगै लिएर आएको बताईन् । हामीले चिनेका थिएनौं एउटा केटा संगै आयो दरखाने दिन र पञ्चमीका दिन सम्म वसेर संगै गएका हुन्  उनले भनिन् छोरीले फुवु पर्नेका छोरा हुन् भने पछि विश्वास गरेर राखेका हौं । निज युवाले आफ्नो मावली गुल्मीकै विरवास बताएको र घर वुटवल बताएको  उनले बताईन् ।

उक्त युवाले गाडी चलाउने काम गर्छु भनेको उनको भनाई छ ।  तिज जस्तो चाड पर्वमा छोरी संगै आएको मान्छेलाई स–सम्मान राखेर छोरी संगै पठाएको दोश्रो दिन म घर आएर छोरी विरामी परेर उपचार गर्दै छु भनेको तर दोश्रो दिन देखि मोवाईल स्वीच गरेर छोरीले पिर चिन्तामा पारेको उनकी आमाले बताईन् ।

उनले यस अघि छोरी कहिल्लै गलत बाटोमा नहिड्ने गरेको , ज्वाईले विदेशमा कमाए पनि छोरीले यहाँ बचाएर सम्पत्ती जोरेको बताउँदै छोरी त्यसरी कसैसंग जान नसक्ने वरु कसैले मारेकी भन्ने पिरले आफुहरु निद न भोक भएको पिर चिन्ता सुनाईन्् । उनले छोरीको सास कि लास भेटाई दिन सवैको सहयोगको अपिल समेत गरिन् ।

।  उता उनका श्रीमानले श्रीमति  आफुलाई छाडेर कतै जान नसक्ने भन्दै जहाँ भए पनि र कतै कुनै गलत मान्छेले फसाएको भए पनि घरमा आएर छोरा छोरी सम्हाली दिन आग्रह गरेका छन् । सात वर्ष अघि विवाह भए देखि श्रीमतिले आफुले कमएको जोगाएको र माया पनि निकै दिने गरेकोले आफुले विर्सन नसक्ने भन्दै उनले श्रीमति प्रति वेहत प्यार कायमै रहेको बताए । 

छोरा छोरीहरुले प सम्पर्कमा आउन आग्रह गरेका छन् । त्यो परिवारले वेपत्ता  उनको तस्वीर समेत दिएर कोही कसैले कतै देखे भेटे प्रहरीमा खवर गरी दिन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से