२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मुख्यमन्त्री चौधरीको निर्वाचन क्षेत्रमा डेढ दर्जन नेताहरुले छाडे कांग्रेस

२०८०, २९ बैशाख शुक्रबार ११:५९

वैशाख २९, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको आन्तरिक विवाद बढ्दै गएको छ । पार्टीभित्रको आन्तरिक गुटबन्दी बढ्दै गएपछि असन्तुष्ट बनेका डेढ दर्जन नेताकार्यकर्ताले शुक्रबार पार्टी छाडेका छन् ।पार्टीभित्र संस्थापन पक्षका नेता रहेका चौधरीसँग इतर समूहमा रहेका नेताकार्यकर्ताहरुले वेवास्ता गरेको गुनासो गर्दै आएका थिए ।

पछिल्लोपटक संस्थापन समूहमा रहेका नेता बालकृष्ण खाण पक्राउ पर्नु र नेता चौधरीसमेत यसको अनुसन्धानमा तानिएको प्रचार हुन थालेपछि स्थानीय स्तरमा नेताकार्यकर्ताहरु असन्तुष्ट हुन थालेका हुन् ।दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं १८ र १९ का डेढ दर्जन नेता कार्यकर्ताहरुले सामुहिक रुपमा पार्टी छाडेको घोषणा गरेका छन् ।

जिल्ला सभापतिलाई सम्बोधन गरेर लेखेको पत्रका उनीहस्ले लामो समयदेखि नेपाली काग्रेसको सकृय राजनीतिमा रहेपनि पछिल्लो चरणमा पार्टीका गतिविधि चरण गुटबन्दीमा केन्द्रीत भएको, भ्रष्टाचारमा पार्टीका जिम्मेवार नेताहरु नै लागिरहेको प्रमाणहरु बाहिर आउन थालेपछि आजका मितिदेखि साधारण सदस्यसमेत नरहनेगरी पार्टी छाडेको जनाएका छन् ।

यसरी पार्टी छाड्नेहरुमा क्षेत्रीय प्रतिनिधि तुल्सीपुर १८ का शिवराज खत्री, सोही वडामा क्रियाशील सदस्य रविन्द्र केसी, इकाइ सदस्यहरु नेत्र पोखरेल, बसन्तकुमार पोखरेल, क्रियाशील सदस्य भगवता उपाध्याय, दिपा खत्री, जीवन वली, नोखीराम बस्नेत, बसन्त केसी, जगत पोखरेल, इश्वरी चौधरी, आशा जिसी, सनत आचार्य, यज्ञश्वर आचार्य, उमाकान्त भुसाल, शंकर सार्की, किशोर केसी रहेका छन् । कांग्रेस दांङ सभापति शंकर डाँगीले आफूले पनि यो विषय भरखर सुनेको र थप बुझेर जानकारी दिने बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण