२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मुख्यमन्त्री चौधरीको निर्वाचन क्षेत्रमा डेढ दर्जन नेताहरुले छाडे कांग्रेस

२९ बैशाख २०८०, शुक्रबार ११:५९

वैशाख २९, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको आन्तरिक विवाद बढ्दै गएको छ । पार्टीभित्रको आन्तरिक गुटबन्दी बढ्दै गएपछि असन्तुष्ट बनेका डेढ दर्जन नेताकार्यकर्ताले शुक्रबार पार्टी छाडेका छन् ।पार्टीभित्र संस्थापन पक्षका नेता रहेका चौधरीसँग इतर समूहमा रहेका नेताकार्यकर्ताहरुले वेवास्ता गरेको गुनासो गर्दै आएका थिए ।

पछिल्लोपटक संस्थापन समूहमा रहेका नेता बालकृष्ण खाण पक्राउ पर्नु र नेता चौधरीसमेत यसको अनुसन्धानमा तानिएको प्रचार हुन थालेपछि स्थानीय स्तरमा नेताकार्यकर्ताहरु असन्तुष्ट हुन थालेका हुन् ।दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं १८ र १९ का डेढ दर्जन नेता कार्यकर्ताहरुले सामुहिक रुपमा पार्टी छाडेको घोषणा गरेका छन् ।

जिल्ला सभापतिलाई सम्बोधन गरेर लेखेको पत्रका उनीहस्ले लामो समयदेखि नेपाली काग्रेसको सकृय राजनीतिमा रहेपनि पछिल्लो चरणमा पार्टीका गतिविधि चरण गुटबन्दीमा केन्द्रीत भएको, भ्रष्टाचारमा पार्टीका जिम्मेवार नेताहरु नै लागिरहेको प्रमाणहरु बाहिर आउन थालेपछि आजका मितिदेखि साधारण सदस्यसमेत नरहनेगरी पार्टी छाडेको जनाएका छन् ।

यसरी पार्टी छाड्नेहरुमा क्षेत्रीय प्रतिनिधि तुल्सीपुर १८ का शिवराज खत्री, सोही वडामा क्रियाशील सदस्य रविन्द्र केसी, इकाइ सदस्यहरु नेत्र पोखरेल, बसन्तकुमार पोखरेल, क्रियाशील सदस्य भगवता उपाध्याय, दिपा खत्री, जीवन वली, नोखीराम बस्नेत, बसन्त केसी, जगत पोखरेल, इश्वरी चौधरी, आशा जिसी, सनत आचार्य, यज्ञश्वर आचार्य, उमाकान्त भुसाल, शंकर सार्की, किशोर केसी रहेका छन् । कांग्रेस दांङ सभापति शंकर डाँगीले आफूले पनि यो विषय भरखर सुनेको र थप बुझेर जानकारी दिने बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य