२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

अब एनओसी ‘फेसलेस, पेपरलेस र क्यासलेस’

२ जेष्ठ २०८०, मंगलवार ०२:३७

जेठ २, काठमाडौँ । अबदेखि विद्यार्थी आफैँले वैदेशिक शिक्षा अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न पाउने भएका छन् । यसको थालनी सोमबारबाट गरिएको छ । रिफरेन्स नम्बरका आधारमा आवश्यक कार्य गर्न सकिने भए पनि आवश्यक परेमा प्रिन्ट गर्न सकिने छ ।

यसअघि अनलाइनबाट आवेदन दिन पाइने व्यवस्था भए पनि एनओसी लिन सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा पुग्नुपथ्र्यो । शाखामा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यसको सुरुवात गरे । उनले कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका विक्रम भट्टराईलाई प्रमाणपत्र प्रदान गरेका थिए । 

एनओसी लिन चाहने विद्यार्थीले उक्त कार्यालयको वेबसाइटमार्फत आवेदन तथा कागजपत्र पेस गर्नुपर्ने हुन्छ । पेस गरिएका विवरण तथा कागजपत्रको सत्यापन गरिएपछि आवेदकले सो शाखाबाट सन्देश प्राप्त गर्ने छन् । साथमा ‘रिफरेन्स’ नम्बर पनि उपलब्ध गराइन्छ ।

सोही नम्बरका आधारमा आवेदकले वैदेशिक मुद्रा सटही गर्न पाउनेछन् भने अध्यागमन कार्यालयमा पनि सोही नम्बर देखाए पुग्छ । एनओसीका लागि दस्तुर पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था रहेको छ । शाखाका उपसचिव वासुदेव वस्तीले विद्यार्थीलाई प्रदान गरिएको एनओसीमा शङ्का लागेमा बैङ्क तथा अध्यागमन कार्यालयले रेफरेन्स नम्बर सफ्टवेयरमा प्रवेश गराएर आवश्यक विवरण परीक्षण गर्नसक्ने बताए  । 

तत्कालका लागि यस्तो सुविधा राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले मात्रै लिन सक्ने छन् किनकि एनओसी शाखाले पहिलो चरणमा बोर्डको सफ्टवेयरसँग मात्रै आफ्नो सफ्टवेयर ‘इन्ट्रिग्रेसन’ गराएको छ । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार वैदेशिक शिक्षामा जान चाहनेमध्ये ६० प्रतिशत विद्यार्थीलाई कक्षा १२ को उत्तीर्णपछि जाने गरेका छन् । 

विभिन्न विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका र सोभन्दा माथिल्लो तहको अध्ययनमा विदेश जान चाहने विद्यार्थीले भने भौतिक रूपमै उपस्थित भएर सक्कली कागजपत्र देखाउनुपर्ने हुन्छ । 

- यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला