2026-09-18 09:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नक्कली शरणार्थी बन्न खोज्दा बिल्लीबाठ: न अमेरिका, न त पैसा !

जेठ ३, विराटनगर । मजदुरी गरेर जीविकोपार्जन । आर्थिक अवस्था निकै कमजोर । महिनामै प्रशस्त हरियो डलर (अमेरिकी) कमाइ हुने आश्वासनले मनै फुरुङ। त्यसमाथि चिनेजानेकै वडाध्यक्षबाट अमेरिका पुर्‍याइदिने वचन। वडाध्यक्षकै बुवाआमाको बसोबास अमेरिकामा भएपछि झनै पत्यारलाग्दो सपना। 

जसकारण मोरङको पथरी शनिश्चरेका रमेश राई (नाम परिवर्तन) नक्कली भुटानी शरणार्थी बन्न तयार भए। उनलाई आश्वासन दिने पथरी शनिश्चरे नगरपालिका–१० का तत्कालीन वडाध्यक्ष सागर राई चिनजानकै साथी थिए। उनले अमेरिका उड्न रमेशसँग १० लाख रुपैयाँ मागे।

रमेशले केही रकम साथीभाइसँग ऋण मागे। केही ससुरालीको जग्गा धितो राखेर ऋणपान गरे। ‘तीन महिनामा अमेरिका पठाउने भनेर पैसा मागे। २ लाख साथीभाइसँग ऋण खोजेर दिएँ,’ रमेश भन्छन्, ‘८ लाख जुटाउन ससुरालीको जग्गा धितो राखेँ। तर, अहिले न अमेरिका जान पाइयो, न त पैसा नै फिर्ता भयो।’ 

परिवार पाल्नै समस्या भएपछि तत्कालीन वडाध्यक्ष राईको सल्लाहअनुसार आफू अघि बढेको रमेशले बताए। अमेरिका जाने सपना पालेर दिएको पैसा डुब्दा ऋण तिर्न र धितो राखेको जग्गा उकास्न नपाएको उनको गुनासो छ। ऋणको ब्याज तिर्न आफ्नो नाममा भएको १० धुर जग्गा बेचिसकेको रमेशले सुनाए। ‘नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि मसँगै परिवार पनि तनावमा छन्’, उनी भन्छन्, ‘दिएको पैसा त डुब्यो नै, कारबाही पनि भोग्नुपर्ने हो कि भन्ने त्रासमा छौं।’ 

उनका अनुसार सुरुमा १० लाख र अमेरिका पुगिसकेपछि थप १५ लाख दिने सर्त थियो। तर, अहिले आएर बिल्लीबाठ भएको उनको गुनासो छ।

‘तनावका कारण मानसिक समस्या निम्तियो। अहिले औषधि खाँदै छु’, रमेश भन्छन्, ‘सागरलाई भेटेर पटक–पटक पैसा फिर्ता गरिदिन आग्रह गरें। मिति उल्लेख नगरीकन उनले बैंकको चेक दिए पनि खातामा पैसा छैन।’ 

तपाईंको पैसा डुबाउँदिनँ भनेर आश्वासन दिने सागर पक्राउ परेपछि झन् तनावमा परेको उनी बताउँछन्।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई