कविता उपाध्याय/असोज ११, रोल्पा । “गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कविता उपाध्याय/असोज ११, रोल्पा । “गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

गाउँकै दिदीले सभामुख बनेर देश चलाउँदा आफूलाई घर चलाउनै गाह्रो

११ आश्विन २०७३, मंगलवार ०६:३०

कविता उपाध्याय/असोज ११, रोल्पा । “गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१ माडीचौर रोल्पाकी रसिला केसीले भन्नुभयो । 

कक्षा ६ उत्तीर्ण भएसँगै १६ वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी केसीलाई आजभोलि अध्ययन बीचमै रोकिएकोमा निकै ठूलो पछुतो परेको छ । ओनसरी दिदीले जस्तै देश चलाउन नसके पनि पढेको भए जागिर खाएर आफ्नो खुट्टामा उभिने थिएँ, उहाँले भन्नुभयो । 

त्यतिबेला बालविवाहको बारेमा केही पनि नबुझेको बताउने केसीले ह्वामा–१ कर्तम, रोल्पाका १६ वर्षकै विक्रम केसीसँग आजभन्दा करिब चार वर्ष पहिले प्रेम विवाह गर्नुभएको थियो भने १७ वर्षको उमेरमा उहाँ आमा बनिसक्नुभएको थियो । हाल केसीको परिवार बसाइँसराइ गरेर जङ्कोट–१ माडीचौर, रोल्पामा बस्दै आएको छ । 

घरपरिवार र श्रीमान्बाट बराबर माया पाउँदै आएको भएपनि विवाह भएको एक वर्षभित्रै आमा बन्नुपर्दा उहाँको अध्ययन बीचमै रोकिएको हो । “पढ्ने चाहना भएर के गर्नु बच्चा गर्भमा भएपछि स्कुल जान गाह्रो भयो । चाहेर पनि स्कुल जान सकिएन । घरपरिवारले मेरो पढाइका बारेमा सधैँ चिन्ता गथ्र्यो, तरपनि आमा भएपछि जिम्मेवारी थपिएको महसुस हुँदोरहेछ । साथीहरुका अगाडि किताब बोकेर स्कुल जान लाज लाग्यो, अनि पढाइ बीचमै रोक्न बाध्य भएँ,” केसीले भन्नुभयो । 

साथीहरु किताब बोकेर स्कुल जाँदै गर्दा केसी आमा बनेर बच्चाको स्याहार सुसारमै ब्यस्त बन्नुपरेको छ, हिजोआज । उहाँलाई पढेर डाक्टर बन्ने रहर थियो, तर सपना सपनामै सीमित रह्यो । 

हतारमा विवाह बन्धनमा बाँधिएकी केसीलाई फर्सदमा पछुतो परेको छ । “मसँग सबैकुरा छ । आमाबुबा जत्तिकै माया गर्ने सासूससुरा हुनुहुन्छ । आवश्यकता अनुसार खर्च पनि गरेकै छु । श्रीमान्को मायामा पनि कमी आएको छैन, तर आफ्नो खुट्टामा उभिन सकिएन, त्यसमै चिन्ता लाग्छ,” उहाँले भन्नुभयो । 

उहाँका अनुसार चार वर्षको बीचमा जिल्लामा धेरै परिवर्तन आइसकेको छ । त्यतिबेला गाउँमा बालविवाहको बारेमा कसैलाई कुनै किसिमको जानकारी थिएन । यस विषयमा चर्चा पनि चल्दैनथ्यो । तर अहिले हरेक दिन रेडियोले बालविवाहका बारेमा केही न केही बोलिरहेको हुन्छ, पत्रपत्रिकामा पनि बालविवाहका कुरा पढ्न पाइन्छ । 

“अब त बालविवाह गरे कानुन लाग्छ भन्ने विषयमा पनि बुझेकी छु । बीस वर्षपछि अध्ययन पूरा गरेर विवाह गरे आफ्नो खुट्टामा उभिन सकिन्छ । त्यसैले पछिल्लो पुस्ताका सबैलाई विवाहका बारेमा हतार नगर्न अनुरोध गर्छु”, केसीले भन्नुभयो ।

जिल्लामा बाल विवाह न्यूनीकरणका लागि अभियान थालिएसँगै पछिल्ला दिनमा बालविवाह न्यूनीकरणमा केही कमी आउँछ कि भन्ने अभिभावकले आशा सङ्गालेको बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह