2026-09-19 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

तापक्रमले नाघ्यो सीमा:तराईमा ३९.८ र काठमाडौंमा ३०.७ डिग्री सेल्सियस

जेठ १९, काठमाडौं | तापक्रमले ‘थे्रसहोल्ड’ नाघेपछि नेपालका धेरै भू–भागमा ‘हिटवेभ’ सुरु भएको छ। कुनै पनि स्थानमा तापक्रमको थे्रेसहोल्ड तोकिएको हुन्छ। त्योभन्दा बढी तापक्रम निरन्तर तीन दिनसम्म रहनुलाई प्राविधिक भाषामा हिटवेभ भनिन्छ। 

चितवनदेखि पूर्वी तराई, गण्डकीको पोखरा आसपासका केन्द्र साथै दाङमा पनि हिटवेभको समस्या देखिएको छ। समग्रमा मध्य तथा पूर्वी तराईका धेरैजसो जिल्लाहरूमा हिटवेभ देखिएको हो। गर्मी बढेका अधिकांश स्थानमा विद्यालयहरू बन्द गरिएका छन्।

जल तथा मौसम विज्ञान विभागमा कार्यरत मौसमविद् सुदर्शन हुमागाईंका अनुसार लगातार तीन दिन उस्तै गर्मी भएमा त्यसलाई हिटवेभ भनिन्छ। हिटवेभ हुनका लागि थ्रेसहोल्ड कट्नुपर्छ। प्रत्येक स्टेसनका फरक–फरक थ्रेसहोल्ड हुन्छन्। 

(हट डे, भेरी हट र एस्ट्रिम हट डे) गर्मी, धेरै गर्मी र अत्यन्त गर्मीमा वर्गीकरण गरिन्छ। बुधबार र बिहीबार इटहरीको तरहराको तापक्रम ३७.७ डिग्री पुग्यो। तरहराको तापक्रम ३५ डिग्री कटेपछि गर्मी मानिन्छ। र, ३६ डिग्री भएपछि धेरै गर्मी र ३७.७ कटेपछि अत्यन्त गर्मी मानिन्छ। त्यहाँ लगातार तीन दिन अत्यन्त गर्मी देखिएकाले हिटवेभ सुरु भइसकेको हुमागाईंले बताए। 

गत अप्रिलमा पनि त्यहाँ हिटवेभ देखिएको थियो। त्यहाँ ३८.१ देखि ३८.६ डिग्रीसम्म पुगेको थियो। गत दुई दिनमा कैलालीमा ३९.८ र ३९.९ डिग्री तापक्रम पुगेको छ। टीकापुर क्षेत्रमा ३९.५ कटेपछि गर्मी मानिन्छ। अहिले ३९.८ पुगिसकेको छ। जनकपुरमा धेरै गर्मी छ।

बुधबारदेखि जनकपुरको तापक्रम ३९.१ डिग्री छ। जनकपुरमा ३७ डिग्री पुगेपछि गर्मी, ३८.२ डिग्री कटेपछि धेरै गर्मी र ४० डिग्री कटेपछि अत्यधिक गर्मी मानिन्छ। तर, नेपालगन्जको तापक्रम सामान्य अवस्थामा यथावत् छ।

काठमाडौंको पनि निकै गर्मी महसुस भएको छ। बुधबार काठमाडौंको तापक्रम ३०.७ डिग्री पुगेको थियो। यहाँ ३१.३ डिग्री नाघेपछि धेरै गर्मी मानिन्छ। तर, धापाखेलको थ्रेसहोल्ड थोरै छ। त्यहाँ ३० डिग्री पुग्दा धेरै गर्मी मानिन्छ। धापाखेलमा दुई दिन लगातार ३०.४ र ३०.७ देखिएकाले धेरै गर्मी देखिएको उनले जनाए। यो समाचार अन्नपूर्ण पोस्टमा  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई