२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

वैदेशिक रोजगारीको क्रममा ठगिएकाहरू चार महिनादेखि काठमाडौंको होटलमा बन्धक

२५ जेष्ठ २०८०, बिहीबार ०६:०४

जेठ २५, काठमाडौँ | वैदेशिक रोजगारीका सन्दर्भमा नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ । कामका लागि बिदेसिनुपर्ने नेपाली युवाको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाएका छन् । सिंगापुर पुयाउने सपना बाँडेर आफूलाई पत्रकार भनेर चिनाउने सुजन आचार्यले ३९ जना बाट १० करोड रूपैयाँ ठगी गरेको पाइएको छ ।


तिनै ३९ जनामध्येका चार जना करिब चार महिनादेखि काठमाडौंको एक होटलमा बन्धकको अवस्थामा छन् । काठमाडौंको कोटेश्वरस्थित ओल्ड दरबार होटलमा अछामका मीन अधिकारी र प्रेम साउद, बाजुराका भरेन्द्र सिंह र कैलालीका सुरेन्द्र शाह बन्धक बनेर रहेका हुन् ।

रोजगारीका लागि आचार्यको प्रतीक्षामा बस्दाबस्दै होटलको बिल बढ्दै जाँदा पैसा तिर्न नसक्दा उनीहरू बन्धक बन्नुपर्ने अवस्थामा पुगेका हुन् ।

सिंगापुर पठाइदिने बताउँदै पैसा असुलेका आचार्य सम्पर्कविहीन छन्। ‘ऋण खोजेर ल्याएको पैसा लिएर सुजन आचार्य पनि सम्पर्कमा छैनन्,’प्रेम साउदले भने, ‘ऋण खोजेको पैसा, होटलमा बस्दा खाएको पैसा तिर्न नसक्दा साहुले पनि बन्धक बनाएको छ। साहुले भाग्छ भनी बाहिर निस्कन पनि दिएको छैन,’उनले भने, ‘सिंगापुर सपना देखाउने आचार्य पनि सम्पर्कविहीन छन्। १२ लाख ऋणको किस्तासमेत नबुझाएको हुँदा घरपरिवारलाई टर्चर दिइएको छ। एक महिनादेखि म परिवारको सम्पर्कमा पनि छैन। हामी चारजना चार महिनादेखि होटलमै बस्न बाध्य छौं।’ चार जनाले होटलमा बसेको र खाएको मात्र साढे ४ लाखजति भइसकेको छ। होटल साहुले उनीहरूका पासपोर्ट, नागरिकता लगायत सबै कागजात लिएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य