2026-07-26 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आजदेखि चीन–काठमाडौँ दैनिक उडान सुरु

जेठ २६, काठमाडौँ | कोभिड महामारीपछि चीनको ग्वाङडोङ प्रान्तको ग्वाङझाउदेखि काठमाडौँसम्म आजदेखि दैनिक हवाई उडान सुरु भएको छ । चाइना साउदन एअरले आजदेखि दैनिक काठमाडौँसम्मको उडान सुरु गरेको हो । सन् २०२० को मार्चको अन्तिमदेखि बन्द भएको दैनिक उडान आजदेखि सुरु गरेपछि चीनबाट नेपाल जाने पर्यटनहरू पनि बढ्ने भएको छ । महामारीपछि चीनले गत ३ महिना अघिदेखि सातामा २ उडान मात्र सुरु गरेको थियो ।  

चिनियाँ समयअनुसार साँझ ८ः३० बजे उडेर नेपाली समय रात ११ः०५ मा नेपाल पुग्नेछ । नेपालबाट मध्य राति उठेर बिहान चीन फर्कने छ । ग्वाङझाउ चीनको एक प्रमुख व्यापारिक केन्द्र हो ।   

दैनिक उडान सुरु भएपछि चीनबाट नेपाल जाने पर्यटकहरू वृद्धि हुने आशा गरिएको छ । दैनिक उडान भएपछि चीन आउने र जाने हवाई टिकट पनि सस्तो भएको छ । यसअघि सातामा ३ उठान हुँदा हवाई टिकट महँगो भएका कारण चिनियाँहरू नेपाल आउन अप्ठ्यारोमा परेका थिए । अत्यावश्यक काम भएका व्यक्ति मात्र नेपाल चीन आउने जाने गरेका थिए । 

चिनियाँ पर्यटकलाई नेपालमा सेवा दिँदै आएका युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले महामारीपछि पहिलोपटक दैनिक उडान भएपछि चिनियाँ पर्यटक बढ्ने बताए । उनले भने, आजदेखि हामी उत्साही भएका छौँ, नेपालमा अब चिनियाँ पर्यटक वृद्धि हुनेछ ।

जुन महिनाको २२ देखि तीन दिन छुटी हुँदै छ । त्यसपछि जुलाई महिनामा चीनमा विश्वविद्यालयमा हुने ४० दिने छुट्टीका कारण चिनियाँहरू घुमफिरमा निस्कने छन् । 

यही जुन महिनाको २२ तारिक चीनको राष्ट्रिय पर्व ड्रागन बोड फेष्टिवल (त्वान वु चेइ) हुँदै छ । यो अवसरमा चीन सरकारले तीन दिनको सापटी छुटी दिँदै छ । यो तीन दिनको छुट्टीमा पनि चीनबाट नेपाल पर्यटन बढ्ने आशा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ