2026-09-18 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मदिरा र ‘गोत्र’ले लोपोन्मुख घुमन्ते राउटे समुदायको संख्या घट्दै

जेठ २७, काठमाडौँ | लोपोन्मुख घुमन्ते राउटेको जनसंख्या घट्दो क्रममा छ । तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो । त्यसबेला राउटेको सङ्ख्या १८४ थियो । अहिले त्यो सङ्ख्या घटेर १४१ मा भएको छ । राउटे समुदाय परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दैनन् । राउटे समुदायमा एउटी महिलाले १८ वटासम्म बच्चा जन्माएको उदाहरण छ । यति हुँदाहुँदै पनि राउटेको सङ्ख्या किन घट्दै  गएको छ त ? धेरैले मदिरा सेवनलाई यसको मुख्य कारण मान्छन् । मदिरासँगै राउटे समुदायको संख्या घट्नुको अर्को कारण ‘गोत्र’ सँग जोडिएको छ ।

राउटे समुदायका तीनवटा गोत्र छन्- रास्कोटी, स्ववंशी र कल्याल । राउटेको आफ्नै गोत्रमा बिहेवारी चल्दैन । रास्कोटी, स्ववंशी र कल्याल गोत्रबीच एक-अर्कासँग विवाह हुन्छ । यो समुदायमा कल्यालको संख्या अधिक छ । स्ववंशी र रास्कोटीको संख्या न्यून छन् । कल्यालको संख्या धेरै हुँदा यो गोत्रका उमेर पुगेका युवक-युवतीको विवाह हुन मुस्किल भएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई