२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पिपलसँगै ढल्यो मन पनि

३२ जेष्ठ २०८०, बिहीबार ०५:४७

जेठ ३२, चितवन | पश्चिम चितवनको पटिहानी, धनौजी चोकको पिपलको रुख अब स्मृतिमा सीमित भएको छ । स्थानीय अपिल घिमिरेको आँगन छोएर अडिएको पिपलको रुख ढल निर्माण गर्ने क्रममा एक्साभेटरले उखालिँदा घिमिरेको मन पीडाले भतभती पोल्यो । 

उनले त्यो रुख नकाट्न अनेक प्रयत्न गर्नुभयो तर जोगाउन सकेनन्। श्रद्धापूर्वक शिर निहुराउँदै उहाँले पिपलसँग अन्तिम पटक भने, “मलाई माफ गर्नू, मेरो एक्लो चित्कार कसैले सुनेनन् । तिमी रोएको कसले बुझिदिने ? मैले जोगाउन सकिनँ, दुवै हात जोडेर क्षमा माग्छु ।” 


 वर्षौंदेखि छहारी दिँदै आएको पिपलको रुख मङ्गलबारदेखि स्थानीयको सम्झनामा मात्र रह्यो ।  वर्षौं अघिदेखि घरअघि ठडिएको पिपलसँग उहाँको परिवारको मात्र होइन, सिङ्गो समाजकै धार्मिक, सांस्कृतिक आस्थासँग जोडिएको थियो । उनका पितापुर्खाले कैयौँ सप्ताह र पुराण त्यही पिपल साक्षी राखेर लगाए । त्यसै पिपललाई साक्षी राखेर छोराछोरीको धार्मिक अनुष्ठान पूरा गरिएको थियो । गाउँका ज्येष्ठ नागरिक त्यही पिपलमुनि बसेर गफिन्थे । घिमिरेले सबै कुरा अब बिलाएको गुनासो गरे । 

उखरमाउलो गर्मीमा छहारी प्रदान गरेर साथ दिने वरपिपल, समीलगायतका बिरुवा अब गाउँघरका चोकबाट क्रमशः कटान हुँदै गएका छन् । सहरीकरण र विकाससँगै ती रुख नासिने क्रम बढ्दो छ ।

वनस्पतिविज्ञ रघुराम पराजुलीले अक्सिजनको मुख्य स्रोत मानिने पिपल अचेल घरबस्तीमा पाइन छाड्नु भाबी पुस्ताकै लागि चिन्ताको विषय रहेको बताए । “गर्मी छल्न छहारीको विकल्पमा विद्युतीय पङ्खा, एसी आदि प्रयोग बढेको छ,” उनले भने, “उतिबेला वरपिपल र समीको चौतारीमा बस्न पाउँदा रमाइलो हुन्थ्यो । सबैको जमघटको थलो नै चौतारी हुन्थ्यो । तर विकासका नाममा तिनै वरपिपल मासिँदै गए ।”

गाउँघरमा रुख रोप्दा समृद्धि छाउने भएकाले तिनलाई भगवान्को प्रतीकका रूपमा पूजा गरिन्थ्यो ।  ती चौतारीमा यात्रुले ज्यानसँगै मन बिसाउने थलो हुन्थ्यो। यो समाचार गोरखापत्र दैनिकमा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य