असोज १२, प्यूठान । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शनिवार प्यूठान भ्रमणमा आउने भएका छन् । गत श्रावण १० र ११ गते आएको अविरल बर्षाका कारण वाढीपहिरोले ठुलो ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, प्यूठान । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शनिवार प्यूठान भ्रमणमा आउने भएका छन् । गत श्रावण १० र ११ गते आएको अविरल बर्षाका कारण वाढीपहिरोले ठुलो ज"/>
४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्रधानमन्त्री ‘प्रचण्ड’ शनिवार प्यूठान आउँदै, नागरिकमा उत्साह

१२ आश्विन २०७३, बुधबार १७:४५

असोज १२, प्यूठान । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शनिवार प्यूठान भ्रमणमा आउने भएका छन् । गत श्रावण १० र ११ गते आएको अविरल बर्षाका कारण वाढीपहिरोले ठुलो जनधन, मानविय क्षति पुगेको समग्र प्यूठानका पिडितहरुलाई सम्बोधन गर्न प्यूठान आउन लागेका हुन् ।  

प्यूठानमा भएको विनासले आपत विपतमा परेका प्यूठानीहरुको दुःखमा सहभागी बन्न दाहाल प्यूठान आउने भएपछि प्यूठानका वाढीपहिरो पिडितहरुमा उत्साह थपिएको छ । प्रधानमन्त्री दाहालका साथमा पूर्व अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’, पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्मा लगायतका केन्द्रिय नेताहरु सहित प्यूठान आउन लागेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णध्वज खड्काले जानकारी दिएका छन् । प्रधानमन्त्री दाहाल वाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरी पिडितहरुलाई लुङ बहानेमा संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए । प्यूठान जनयुद्ध कालमा आधार इलाका मानिने प्यूठानमा २०६८ सालमा पार्टी अध्यक्षको रुपमा प्यूठानको विशाल जनसभालाई सम्बोधन गर्न आएका थिए । 

उक्त अवसरमा प्यूठान संग एैतिहासिक रुपमा वैचारिक राजनितिक, सगंठनात्मक रुपमा मात्र नभई भावनात्मक रुपमा र क्रान्तिकारी विचार निर्माणको निम्ती प्यूठानको महत्वपूर्ण योगदान रहेको तथा क्रान्तिमा लाग्नको निम्ति सधै प्रेरित गरि रहेको बताएका छन् । - (एलिसा बस्नेतबाट प्राप्त समाचार)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ