२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

समाजवादी मोर्चा नेताकै आशंकाको घेरामा

५ असार २०८०, मंगलवार ०३:०९

असार ५, काठमाडौं | चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने, ‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्।’ 

घोषणासभामा नेता खनालले मोर्चालाई अझै व्यापक बनाउनुपर्ने भन्दै सबै वामपन्थी, समाजवादी र क्रान्तिकारीहरूलाई ल्याउनुपर्ने धारणा राखे। उनले यहाँ समेटिएकाले लक्ष्यमा नपुगिने हो कि भन्ने आशंका प्रकट गरे। ‘जबसम्म देशका क्रान्तिकारीहरू, आमूल परिवर्तनकारीहरू, प्रगतिशीलहरू एकताबद्ध भएर उभिदैनौं, तबसम्म आमूल परिवर्तन हुँदैन,’ उनले भने, ‘यो मोर्चा पहिलो पाइला मात्र हो। सिंगो देशका समस्त वामपन्थी, समाजवादी र क्रान्तिकारीलाई एकताबद्ध गर्नुपर्छ। यसलाई अझै व्यापक बनाउनुपर्नेछ र विस्तार गर्नुपर्नेछ।’

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेस हो। यो मोर्चाका तीन घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगै कांग्रेस अहिले सरकारमा छ। कांग्रेसको प्रतिनिधिसभामा ८८ सिट छ। प्रमुख प्रतिपक्ष दल एमालेको ७९ सिट छ। माओवादी केन्द्रसँग ३२, जसपासँग १२ र नेकपा एससँग १० सिट छ। यो मोर्चासँग ५४ सिट हुन्छ। यी तीनै पार्टी सत्तामा छन्। तर, विप्लवको पार्टी मात्रै सत्ता बाहिर छ। मोर्चामा आएका चार पार्टीका फरक–फरक सिद्धान्त, विचार, दृष्टिकोण र कार्यक्रमहरू छन्। माओवादी केन्द्र, नेकपा एस र विप्लव तीन कम्युनिस्ट पार्टी हुन्। मधेस केन्द्रित जसपा पनि यो मोर्चामा छ। तर, उसले कम्युनिस्ट सिद्धान्त मान्दैन। विप्लव कम्युनिस्ट भए पनि संसदीय व्यवस्था मान्दैन। फरक विचार भएका यस्ता दल एक ठाउँमा कति टिक्न सक्छन् रु यो प्रश्न तेस्र्याउने पनि छन्।  

यो मोर्चा बनाउने कसरत लामै हो। २०७७ साल फागुन २३ मा तत्कालीन नेकपा भंग भएपछि नै यो प्रयास भएको थियो। यो प्रयास नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै गरेका थिए। मोर्चा बनेसँगै सबैभन्दा बढी फाइदा पनि दाहाल नै भएको छ। उनीसँग अब ५४ सांसदको शक्ति छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि प्रधानमन्त्री बन्न सहजताका लागि यो मोर्चामा छन्। सिद्धान्त, विचारधारा, दृष्टिकोण फरक भए पनि साझा मुद्दामा एक हुने भएकाले मोर्चा बनाएको उनीहरूको दाबी छ। यो समाचार अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार