2026-09-19 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने तयारीमा राष्ट्र बैंक

असार ६, काठमाडौं | अर्थतन्त्रको बाह्य सूचकहरूमा सुधार भए पनि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने संकेत गरेको छ । चालू आवमा लिइएको कसिलो नीतिका कारण सुधार देखिए पनि मुद्रास्फीति अझै लक्षित सीमाभन्दा माथि रहेकाले राष्ट्र बैंक दबाबमा छ ।

अझै विश्व अर्थतन्त्रमा सुधार नआएकाले विस्तारकारी मौद्रिक नीति लिंदा आर्थिक गतिविधि खुकुलो भई पुनः शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतमा दबाब बढ्ने आकलनमा कसिलो नीतिलाई नै निरन्तरता दिने तयारी उसले गरेको हो ।

साउनको पहिलो सातासम्म मौद्रिक नीति जारी गर्ने गरी राष्ट्र बैंकले तयारी गरिरहेको छ । मौद्रिक नीतिका लागि सरोकारवालाबाट सुझाव संकलन गरिरहेको केन्द्रीय बैंकले यसका लागि असार १० गतेसम्मको समय दिएको छ ।

सार्वजनिक कार्यक्रमहरूमा गभर्नर महाप्रसाद अधिकारीले विगतमा जस्तो सहुलियत र सुविधा दिन नसक्ने बताउँदै आगामी वर्ष पनि मौद्रिक नीति कसिलोहुने संकेत गरेका छन् । यो समाचार आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई