2026-09-18 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

टुकुचामाथिको जग्गा अध्ययन हुँदै

असार १०, काठमाडौँ | पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि भेटिएको टुकुचा ढल नभई खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुला रूपमा नै बगाउन काठमाडौँ महानगरपालिकाले सुरु गरेको कानुनी प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन |

अदालतको फैसलापछि काठमाडौँ महानगरपालिकाले उक्त खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरे पनि मन्त्रालयले अहिलेसम्म कुनै जवाफ दिएको छैन । महानगरपालिकाले गत वैशाख २५ गते मन्त्रालयमा पत्राचार गरेको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले टुकुचा खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रालयले अहिलेसम्म कुनै जवाफ नफर्काएको जानकारी दिए । 

उनले भने “महानगरपालिका अहिलेसम्म मन्त्रालयको जवाफ र प्रतिक्रियाको प्रतीक्षामा छ । अबको केही दिनसम्म प्रक्रिया वा जवाफ नआए महानगरपालिको पुनः पत्राचार गर्ने वा थप प्रक्रिया अगाडि बढाउने छ ।” महानगरपालिकाले मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ महानगर प्रमुख स्तरीय निर्णयले मन्त्रालयलाई पत्राचार गरेको प्रवक्ता मानन्धरले स्पष्ट पारे ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाश जोशीले टुकुचा खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित काठमाडौँ महानगरपालिकाबाट पत्र प्राप्त भएपछि सोको आवश्यक कारबाही तथा राय मागका लागि मन्त्रालयका तर्फबाट नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार भइसकेको जानकारी दिनुभयो। उनका अनुसार सो विभागबाट राय सुझाव आउने क्रममा छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई