2026-06-20 07:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

वैदेशिक रोजगारीमा जाँदा देशभित्रै ठगिन्छन् युवा

असार १८, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स फोरमले ११ महिनामा वैदेशिक रोजगारीका नाममा परेका मुद्दामध्ये झन्डै ५४ प्रतिशत मुद्दा नेपालमा हुने ठगीमा परेका पीडितको रहेको जनाएको हो । 


फोरमले चालु आर्थिक वर्षमा निःशुल्क कानुनी परामर्शका लागि दर्ता भएका दुई हजार ८८२ उजुरीमध्ये ५४ प्रतिशत स्वदेशमा ठगीमा परेको र ४६ प्रतिशत विदेशमा अलपत्र परेको, तलब नपाएको, सम्झौता अनुसार फरक काममा लगाएको तथा वैदेशिक रोजगारीका नाममा हुने ठगीका विषयमा हुने गरेको बताएको छ । 

पिपुल्स फोरमका अधिवक्ता सुदीप देवकोटाले रोजगारदाताले राहदानी जफत गरेको, कम तलबका नाममा उजुरी र मुद्दा पर्ने गरेको जानकारी दिए  । उनले वैदेशिक रोजगारीमा नाममा हुने पीडितमध्ये आधा स्वदेशमा नै ठगीमा पर्ने र अन्य विदेशमा पुगेपछि अलपत्र पर्ने, तलब नपाउने धेरै देखिएको जानकारी दिए । 

उजुरी उत्पतिका आधारमा नेपालमा ठगीएको ६१ प्रतिशत, संयुक्त अरब इमिरेट्स (युएई) मा १३ प्रतिशत, साउदी अरबमा १२ प्रतिशत, मलेसियामा छ प्रतिशत र बाँकी कुवेत, कतार, कम्बोडिया तथा अन्य श्रम गन्तव्य रहेका छन् । 

उजुरी दिनेमध्ये व्यक्तिगत ठगी एक हजार ४८२ र संस्थागत ठगी एक हजार चार सय रहेका छन् । फोरमले हालसम्म विभिन्न परियोजनामार्फत नेपालका ७७ जिल्लाका २८ हजार ३०२ वैदेशिक रोजगार पीडितलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ