२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका १५ रोपनी जग्गा यसरी खान खोजियो

२० असार २०८०, बुधबार ०३:३८

असार २०, काठमाडौं | नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका १५ रोपनी जग्गा एउटा निजी व्यापारिक कम्पनीलाई ३० वर्षसम्म भोगचलन गर्न दिने तयारीसम्बन्धी थप प्रमाण फेला परेका छन् ।

इमु प्रोपटिज प्रालिले प्रतिष्ठान प्रमुखका नाममा दिएको निवेदन नै यसको बलियो प्रमाण हो।

प्रालिकी प्रबन्ध सञ्चालक शर्मिला तामाङका तर्फबाट गत जेठ १४ गते प्रतिष्ठानलाई बुझाइएको निवेदनमा बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्ने प्रयोजनका लागि जग्गा उपलब्ध गराउन अनुरोध गरिएको छ ।

प्रतिष्ठानमा उक्त पत्र प्राप्त भएदेखि यसका सदस्यसचिव कुश्मा महरालगायतले निरन्तर कुलपति निशा शर्मा पोखरेललाई जग्गा इमु प्रोपटिज प्रालिलाई उपलब्ध गराउन दबाब दिँदै आएका छन् । 

त्यतिमात्र होइन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले समेत यतिका जग्गा प्राइम लोकेसनमा रहेको भन्दै व्यावसायिक प्रयोजनमा लगाउनुपर्ने धारणा प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमकै बेला स्वयं कुलपति शर्मालगायतका अगाडि राखेका थिए।

यहाँसम्म कि कुलपति शर्मा पोखरेलले आफूलाई १० प्रतिशत कमिसन दिने प्रलोभनमा उक्त जग्गा निजी कम्पनीलाई दिन दबाब दिइएको जानकारीसमेत मन्त्री किरातीलाई गराएकी थिइन् । नागरिकमा यससम्बन्धी समाचार प्रकाशित भएपछि खण्डन गर्ने होडबाजी मन्त्री राईदेखि प्रतिष्ठान पदाधिकारीसम्ममा चलेको छ । यो समाचार नागरिक दैनिकबाट।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा