२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

(एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी देखिए शून्य

२३ असार २०८०, शनिबार ०३:२०

असार २३, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । बोर्डले विभिन्न धारका ८३ विषयमा परीक्षा सञ्चालन गरेको थियो । बोर्डले एसइईको नतिजा बिहीबार सार्वजनिक गरेको  थियो  ।  विद्यार्थीले  ६७  वटा  विषयमा  ‘ए  प्लस’ प्राप्त गरेका छन् । ‘ए प्लस’ प्राप्त नगरेका सबै विषय ऐच्छिक हुन् ।

नतिजा अनुसार वातावरण विज्ञान, समाजशास्त्र, नेवारी, उर्दु, संस्कृत भाषा र साहित्य, इलेक्टिभ अङ्ग्रेजी, नीतिशास्त्र, वेद (शुक्ल आयुर्वेद), न्याय, भूगोल, अङ्ग्रेजी, फलित ज्योतिष, तर्क  सङ्ग्रह,  पत्रकारिता  विषयमा  कसैले  पनि  ‘ए  प्लस’ प्राप्त गर्न सकेनन् । बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार विषयगत रूपमा  नौ  वटा  ग्रेड  निर्धारण  गरेर  नतिजा  प्रकाशन  गरेको छ । परीक्षाको प्राप्ताङ्कलाई विषयगत रूपमा ‘ए प्लस’ देखि ‘ई’ ग्रेडसम्म वर्गीकरण गरेको छ । ‘ए प्लस’ प्राप्त नगरेका विषयमा विद्यार्थीले तल्लो ग्रेड मात्रै प्राप्त गरेका छन् । सङ्गीत, ज्योतिष, खाद्य विज्ञानलगायतका विषयमा  विद्यार्थीले  माथिल्लो  ग्रेड  मात्रै  प्राप्त  गरेका  छन् । ऐच्छिक द्वितीयपत्र कम्प्युटर विज्ञानका परीक्षार्थीले सबैभन्दा धेरै अर्थात् ३१ हजार ८७२ जनाले ‘ए प्लस’ प्राप्त गरेका छन् । त्यस्तै अनिवार्य विषयतर्फ स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयमा २२ हजार ५७४ जनाले ‘ए प्लस’ प्राप्त गरेका छन् । यो समाचार गोरखापत्र दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य