२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रोत्साहन रकम थपिँदा स्वयंसेविकाको मुहारमा खुसी

२०८०, २३ असार शनिबार ०३:३१

असार २३, सिन्धुपाल्चोक | सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ ठोकर्पाकी शिवकुमारी मल्ल उमेरले वृद्धा भइसकेकी छन् । उमेरले वृद्धा भए पनि गाउँमा स्वास्थ्यसम्बन्धी केही समस्या हुनासाथ रात, बिहान नभनी त्यहाँ पुग्ने गर्छिन् ।

स्वास्थ्य मन्त्रालयले गाउँगाउँमा महिला स्वास्थ्य स्वयमसेविका राखेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले गाउँमा स्वयमसेविका राख्न सुरु गरेको थियो । महिला स्वास्थ्य स्वयंसेविकाको गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय भूमिका रहेको छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् त्यस्ता ठाउँमा त मल्लजस्ता सयौं स्वयंसेविका डाक्टरकै भूमिकामा हुने गर्छन् ।

सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविका भएर काम गरेको मल्लले ३५ वर्ष भइसकेको छ । २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंमसेविका भएर ठोकर्पाका दुर्गम बस्ती मल्लले चहारेकी छन् ।

नामै स्वयमसेविका भएपछि राज्यले दिने खासै त्यस्तो ठूलो सुविधा केही पनि छैन तर पनि उनी जतिबेला पनि महिला र बालबालिकाको स्वास्थ्यप्रति चनाखो हुन्छिन् । मल्ल मात्रै होइन सुनकोसी–१ ठोकर्पाकी अर्की स्वयमसेविका सुन्तली अधिकारी पनि ४५ सालदेखि नै स्वयमसेविका भएर काम गरिरहेकी छन् ।

झरी, वर्षा केही नभनी उनी प्रत्येक महिलाको घरघरमा पुगेर स्वास्थ्यसम्बन्धी सचेतना मात्रै होइन कोही गर्भवती भए भन नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्थामा जानुपर्छ भनेर महिलालाई सल्लाह दिने गरेकी छन् भने कोही गर्भवतीले घरमै असुरक्षित रूपमा सुत्केरी गराउन खोजे भने स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनुपर्छ भन्दै घरघरमा जाने गरेकी छन् ।

मल्ल र अधिकारीजस्तै सुनकोसी गाउँपालिकाभर ५४ जना महिला स्वास्थ्य स्वयंसेविका लामो समयदेखि कार्यरत छन् । स्वास्थ्य स्वयंसेविकाको काम धेरै भए पनि उनीहरूले पाउने सम्मान र सुविधा भने केही पनि छैन । राज्यले वार्षिक रूपमा १० हजार पोसाक भत्ता र यातायात खर्चबापत जम्मा १२ हजार स्वमंसेविकालाई उपलब्ध गराउनेछ ।

समाजमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेख भए पनि सेवा र सम्मानमा भने केही नभएपछि सुनकोसी गाउँपालिकाले भने मासिक रूपमा स्वयंसेविकालाई १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउन सुरु गरेको छ । स्थानीय सरकारले थोरै भए पनि सहयोग गरेपछि स्वास्थ्य स्वयंसेविकाको मुहारमा खुसी देखिएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने