२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सीताले सशस्त्र ‘जनयुद्ध’मा यसरी जोगाएकी थिइन् प्रधानमन्त्री प्रचण्डलाई

२८ असार २०८०, बिहीबार ०३:००

असार २८, काठमाडौं | सीता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगिनी मात्रै नभएर प्रचण्डलाई प्रचण्ड बनाउन पनि उनको ठूलो भूमिका रहेको छ । चाहे सशस्त्र ‘जनयुद्ध’का बेला होस्, चाहे शान्तिपूर्ण राजनीतिमा, उनले प्रचण्डलाई आफूले जानेको सल्लाह र सुझाव दिइरहिन् ।

१५ वर्षकै उमेरमा प्रचण्डलसँग वैवाहिक जीवनमा बाँधिएकी सीता २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै पछिल्ला दिनमा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।

मूल्यांकन मासिकका लागि राजेन्द्र महर्जन, चन्द्र खाकी र चन्द्रलाल गिरीसँग उनले केही वर्षअघि आफ्नो विवाह, पारिवारिक जिन्दगी, राजनीतिमा प्रवेश, सशस्त्र जनयुद्धका पल र शान्ति प्रक्रियामा आएपछिको जीवन’ खुलेर बोलेकी थिइन् । यो अन्तर्वार्तापछि ‘जनयुद्धका नायक’ पुस्तकमा समेत प्रकाशित गरिएको थियो ।

‘जनयुद्ध’ ताका नेपालमा र भारतमा आफूले प्रचण्डलाई कसरी सुरक्षित गराएको जस्ता घटना पनि उनले अन्तर्वार्तामा सम्झिएकी छन् ।

‘त्यस्ता घटना त धेरै छन् । ठ्याक्कै मेरो बलले उनलाई बचाएका मुख्यतः दुइटा घटना छन् । एकपटक सात वर्षअगाडि भारतमा अल कायदाको खुब चर्चा र खोजी भइरहेको थियो । उहाँ र म दिल्लीबाट गोरखपुर आउँदै थियौं । रेलको एउटा सिटमा हामी दुई जना सुतेर आएका थियौं । एउटाको टाउको अर्कोको खुट्टायता बनाएर, उल्टोपाल्टो हुँदै । त्यहाँ इन्डियन प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो । उनले हाम्रो ठूलो झोलामा माओवादी डकुमेन्ट, पुस्तक र लेख राखेर ल्याउनुभएको थियो । मैले दिल्लीमा नै उनलाई भनेकी थिएँ, ‘अहिले किताब नलैजाऔं । हाम्रो स्टाफपछि आउँदै हुनुहुन्थ्यो । बाइचान्स चेक भयो भने सबै पर्छ । तपाईं नबोक्नुस् ।’ यति भन्दाभन्दै उनले लिएर आइहाल्नुभयो केही हुन्न भनेर । उनले रेलमा ती सबै सामान सिरानीमा हालेर बसेकी थिइन् । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य