२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

क्याम्पस प्रमुखविरुद्ध आवाज उठाउँदा परीक्षामा फेल

२९ असार २०८०, शुक्रबार ०३:३४

असार २९, काठमाडौँ | कक्षा कोठामा अपशब्द प्रयोग गर्ने क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउँदा तीन जना विद्यार्थी प्रयोगात्मक परीक्षामा फेल भएका छन्।  विराटनगरस्थित कोसी हेल्थ एन्ड साइन्स क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययनरत तीन जना विद्यार्थीलाई कलेज प्रशासनले नियोजित रूपमा प्रयोगात्मक परीक्षामा फेल (अनुत्तीर्ण) गराएको हो। 

पूर्वाञ्चल विश्वविद्यालयको बीपीएच सातौं सेमेस्टरको परीक्षामा रूपा न्यौपाने, मनीषा यादव र अन्नयिया भगत फेल भएका हुन्। कलेज प्रशासनको लापरबाही र नियतवश प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण गराइएको उनीहरूले विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा बताए। 

पूर्वाञ्चल विश्वविद्यालयले बीपीएच सातौं सेमेस्टरको परीक्षा २०७९ पुस २६ देखि २९ गतेसम्म लिएको थियो। जेठ १ गते प्रकाशित नतिजाअनुसार न्यौपाने र भगत दुई विषयको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका थिए। सैद्धान्तिक परीक्षामा उनीहरू पास भएका छन्। क्याम्पसले विश्वविद्यालयबाट बाह्य परीक्षकको रूपमा आएका परीक्षकहरूले प्रयोगात्मक परीक्षा लिएको जनाएको छ। तर, अनुत्तीर्ण भएका विद्यार्थीले प्रयोगात्मक परीक्षा लिन आएका बाह्य परीक्षकसँग बुझ्दा कुनै पनि विद्यार्थीलाई फेल हुने गरी मूल्यांकन नगरेको विद्यार्थी न्यौपानेले बताइन्।

‘प्रयोगात्मक परीक्षाको अंक क्याम्पसले दिने गरेको बाह्य परीक्षकले पनि भनेका छन्। कलेज प्रशासनले पनि आफ्नो गल्ती स्वीकार गरेको छ,’ विद्यार्थी न्यौपानेले भनिन्, ‘हामी तीनजना विद्यार्थीलाई नियोजित रूपमा प्रयोगात्मक परीक्षामा कम अंक दिएर अनुत्तीर्ण गराएका हुन्।’ यता कलेजका प्रिन्सिपल सूर्यनारायण चौधरीले विद्यार्थीलाई अनुत्तीर्ण गराउन कलेजको कुनै हात नहुने बताए। ‘पूर्वाञ्चल विश्वविद्यालयबाट बाह्य परीक्षकको रूपमा आएका परीक्षकहरूबाट प्रयोगात्मक परीक्षा लिने र ग्रेडिङ गरेर अंक दिने हो,’ प्रिन्सिपल चौधरीले भने, ‘फेल र पास गराउनेमा हाम्रो कुनै हात नै हुँदैन।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै