२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

स्थानीय तहले करारका प्राविधिक कर्मचारीमा भर्ना गरी प्रशासनिक सेवामा काम लगाउने

३० असार २०८०, शनिबार ०३:१७

असार ३०, काठमाडौँ | स्थानीय तहले प्राविधिक सेवामा करारका कर्मचारी भर्ना गरी प्रशासनिक सेवामा काम लगाउने गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहमा प्राविधिक कर्मचारी मात्र करार सेवामा राख्न पाउने व्यवस्था गरे पनि कतिपय स्थानीय तहले प्राविधिक सेवामा कर्मचारी करारमा भर्ना गरी काम भने प्रशासनमा लगाउने गरेका हुन्। 

स्थानीय तहमा कर्मचारी अभाव भएकाले प्राविधिक सेवाका कर्मचारी भर्ना गरी काम प्रशासन सेवामा लगाउने गरिएको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएका छन्। अधिकांश स्थानीय तहका कार्यालयमा प्रमुखको जिम्मेवारी तथा नियमित सेवा प्रवाहमा करारका कर्मचारी रहने गरेका छन्। कतिपय स्थानीय तहको महत्वपूर्ण शाखा मानिने प्राविधिक, योजना, सूचना तथा प्रविधि, कृषि शाखा, आर्थिक प्रशासन, वडा कार्यालय, स्वास्थ्य, सामाजिक विकासलगायतका शाखामा करारका कर्मचारीले सेवा प्रवाह गर्ने गरेका छन्। 

प्रदेश लोक सेवा आयोगले समयमा स्थानीय तहमा कर्मचारी पूर्ति नगरेकाले स्थानीय तहले नियमित सेवा प्रवाह गर्न विभिन्न पदमा करारमा कर्मचारी राख्नुपरेको स्थानीय तहका सङ्घ तथा महासङ्घले जनाएका छन्। 

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले प्रदेश लोक सेवा आयोगलाई पटक पटक कर्मचारी पूर्ति गर्न आग्रह गर्दा पनि आयोगले ढिलाइ गर्दा नियमित सेवा प्रवाहका लागि कतिपय पालिकामा प्राविधिक तहमा नियुक्त गरी प्रशासनिक काममा लगाइएको जानकारी दिए। उनले भने, “कतिपय स्थानीय तहमा कृषि, इन्जिनियर, पशु भेटेरिनरी, स्वास्थ्य सेवाका करारमा कर्मचारी भर्ना गरी कर्मचारीलाई वडासचिव बनाएर सेवा प्रवाह गर्ने गरिएको छ।” 

अध्यक्ष पाण्डेले स्थानीय तहलाई प्राविधिक तहमा करारमा कर्मचारी नियुक्त गरेर प्रशासनिक काममा लगाउने रहर नभएर नियमित सेवा प्रवाह गर्न कठिन हुँदा बाध्यताले यस्तो गर्नुपरेको बताए । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका लागि आवश्यक कर्मचारी प्रदेश लोक सेवा आयोगबाट पूर्ति गर्नुपर्ने व्यवस्था गरेको छ। सात वटै प्रदेशमा प्रदेश लोक सेवा आयोग गठन भए पनि विभिन्न कानुनी झन्झटले गर्दा प्रदेश लोक सेवा अयोगले पर्याप्त रूपमा विज्ञापन गरी स्थानीय तहमा कर्मचारी सिफारिस गर्न सकेको छैन। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै