2026-09-19 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दसैँअघि मर्मत हुँदै बागलुङका ९९ सडक

असोज १४, बागलुङ । वर्षासँगै अवरुद्ध बनेका बागलुङका ग्रामीण सडक दसैँ अगाडि नै सञ्चालनमा आउने भएका छन् । 

जिल्लामा रहेका साबै सडक मर्र्मतका लागि जिल्ला विकास समिति, बागलुङले रकम विनियोजन गरेपछि अवरुद्ध सडकहरु दसैँ अगाडि नै सञ्चालनमा आउने भएका हुन् । 

जिल्लाका ५९ गाविसमा ९९ सडक छन् । एकाधबाहेकका सबै सडक वर्षायाम सुरु भएसँगै बन्द अवस्थामा छन् । गाउँ गाउँसम्म पुग्ने सडक मर्मतका लागि जिविसले रु २६ लाख ६७ हजार रकम विनियोजन गरेको छ । 

सडकको प्रकृति हेरी मर्मतका लागि रु २० हजारदेखि ६५ हजारसम्म रकम विनियोजन भएको जिविसका योजना तथा प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिनुभयो । 

चाडपर्व नजिकिएसँगै ग्रामीण सडकमा यात्रुको चाप बढ्न थालेको र वर्षायामसमेत सकिएका कारण सडक मर्मतका लागी रकम विनियोजन गरेको जिविसले जनाएको छ । सबै सडक मर्मतका लागि विनियोजन गरिएको रकम गाविसको खातामा जाने र गाविसमार्फत काम सम्पन्न गरेपछि रकम भुक्तानी हुनेछ । 

शाक्यका अनुसार गौदीखोला–छेन्तुङ सडक र बुर्तिवाङ–बोङ्गादोभान सडक मर्मतका लागि सबैभन्दा बढी रु ६५÷६५ हजार विनियोजन भएको छ । 

यस्तै बानपादेखि गाजादह बरेङखण्डसम्मका लागि रु ५५/५५ हजार विनियोजन भएको छ । हन्द्राफेरि तमान सडक, भीमगिठे राजकुत सडकका लागि रु ५०÷५० हजार विनियोजन भएको छ । 

मालढुङ्गा बोटे हुँदै माझ बगरसम्म र दोगाडी कुदुङ सडक, रिजालचोक अमरभूमि तारा सडक, बुर्तिवाङ घोषाखानी सडक, कुस्मीसेरा बरेङ सडकका लागि प्रतिसडक रु ४० हजार रकम विनियोजन भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई