2026-06-19 10:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कोरिया रोजगार: ‘सिप बिल्डिङ’ क्षेत्रको परीक्षा कात्तिकमा हुने

असार ३१, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण (सिप बिल्डिङ) का लागि कोरिया जान चाहने नेपाली युवा छनोट गर्न आगामी कात्तिकमा भाषा परीक्षा हुने भएको छ ।

कोरियाको मानव संशाधन बोर्डले छनोट परीक्षाको सम्भावित मितिबारे नेपाललाई जानकरी दिएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले तत्काललाई कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली युवाका लागि परीक्षा नगर्ने र त्यसको सट्टा सिप बिल्डिङ क्षेत्रको परीक्षा गर्ने कोरियाको योजना रहेको बताए । 


“कृषि क्षेत्रमा ८ हजारभन्दा बढी युवालाई छनोट गरेर रोष्टर तयार हुने भएकाले अब दुई वर्ष कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने छैन, उनले कारोबारसँग भने, 'यसैगरी उत्पादनमूलक क्षेत्रमा पनि हाल ८ हजार युवा रोष्टरमा रहेका कारण आगामी सेप्टेम्बर तथा नोभेम्बरमा हुने माग संख्याका आधारमा पुस र माघमा मात्र परीक्षा गर्न सकिने छ। तर भनेजस्तो माग नभए यो मितिमा समेत परीक्षा हुनेछैन।'

पछिल्लो समय कोरियामा विदेशी श्रमिकको माग घटेका कारण नेपालबाट जाने युवाको प्रवेश दर पनि घट्दै गएको छ । 

कोरियामा कार्यरत नेपालीले छिटोछिटो कार्यस्थल परिवर्तन गर्ने गरेका कारण पनि त्यहाँ रोजगारदाताले नेपालीको माग संख्या घटाउँदै लगेका हुन्। कोरियाले कार्यस्थल परिवर्तन गर्ने नियमलाई कडाइ गर्न रोजगारदाताको मागअनुसार कानुनमा समेत परिमार्जन गर्ने तयारी सुरु गरेको कोरियामा रहेको प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए।

कोरियाले नेपालबाट उत्पादनमूलक क्षेत्रमा हाल मासिक २ हजारको हाराहारीमा श्रमिक माग गर्दै आएको छ । कोरियाले सोहीअनुसारको माग निरन्तर गरेमात्र पुस र माघमा उत्पादनमूलक क्षेत्रको परीक्षा हुने देखिएको छ। 

कोरियाले ३/३ महिनामा विदेशी श्रमिकको माग कोटा निर्धारण गर्ने भएकाले हरेक ३ महिनामा ३ हजारदेखि ३५ सय नेपाली युवाको माग भएमात्र उत्पादनमूलक क्षेत्रको परीक्षा आगामी ६ महिनाभित्र हुनेछ। 

ईपीएस शाखाले कृषि क्षेत्रको छनोट भाषा परीक्षा भने सन् २०२४ मा नगर्ने जनाएको छ। पछिल्लो समय रोष्टरमा रहेका युवाको समेत माग नआएपछि शाखाले रोष्टरमा रहेका ८० प्रतिशत युवा कोरिया प्रवेश नगरेसम्म अर्को भाषा परीक्षा नगर्ने नीति लिएको छ । 

- यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी