२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सचिवको हाजिरीमा मन्त्रीले लगाए रातो घेरा !

३१ असार २०८०, आईतवार ०३:५०

असार ३१, काठमाडौं | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आएरनआएको विषयमा छड्के गर्ने र नआएको पाइए हाजिरी कापीमा रातो घेरा लगाउने होडबाजी नै चलेको छ । त्यही होडबाजीले मन्त्री/सचिवबीच विवाद पनि हुने गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बिहीबार दिउँसो साढे ३ बजेतिर छड्के जाँच गर्दा अनुपस्थित रहेको पाइएपछि मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र सहसचिव स्किम श्रेष्ठको हाजिरी कापीमा रातो घेरा लगाइदिएका छन् ।

मन्त्री मोदी त्यस दिन अकस्मात् सचिव पुष्कर र मन्त्रालयका चार सहसचिवको कार्यकक्षमा छड्के गर्न पुगेका थिए । त्यतिबेला पुष्कर र श्रेष्ठ आफ्नो कार्यकक्षमा थिएनन् । त्यसपछि तत्कालै मन्त्री मोदीले दुवैको हाजिरी कपीमा रातो घेरा लगाइदिएका हुन् ।

मन्त्री मोदीका स्वकीय सचिव ताजिम अन्सारीका अनुसार सचिव र एक सहसचिवमन्त्रीलाई जानकारी नगराई मन्त्रालयबाट बाहिर गएकाले छड्के गरिएको थियो । 'कमसेकम सचिव र सहसचिव मन्त्रालय बाहिर जानुपरे मन्त्रीज्यूसँग सहमति लिनुपर्ने वा जानकारी गराउनुपर्ने हो । यस्तो परम्परा बसोस् भन्ने उद्देश्यबाट मन्त्रीज्यूले सचिव र सहसचिवको हाजिरी कापीमा रातो घेरा लगाउनुभएको हो,' अन्सारीले भने, 'बिहीबार साढे ३ बजेदेखि सचिव र सहसचिव श्रेष्ठ कार्यकक्षमा हुनुहुन्नथ्यो ।'

मन्त्री मोदीको सचिवालयमा कार्यरत अर्का एक कर्मचारीले जानकारी नगराई गका सचिव पुष्कर रेका हुन् । कृष्णहरि पुष्कर, सचिव माथिल्लो तहका कर्मचारीहरूले विभागीय मन्त्रीलाई नटेर्ने प्रवृत्ति मौलाएको र त्यसको अन्त्य हुनुपर्नेमा जोड दिए । 'सचिव र सहसचिव मन्त्रीप्रति जिम्मेवार हुनुपर्छ तर अहिले अनुशासनहीन अवस्था देखिएको छ,' उनले भने । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य