2026-06-20 07:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सामान्य प्रशासन मन्त्री मोदी र सचिव पुष्करबीच टकराब

साउन १, काठमाडौं | संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करबीच टकराब सिर्जना भएको छ । मन्त्री मोदीले केही दिनअघि मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायतका सचिवसँग मिटिङमा रहेका बेला मन्त्रालयका सचिव कृष्णहरि पुष्कर मन्त्रालयमा अनुपस्थित रहेको भन्दै सचिवको हाजिरमाथि रातो घेरा लगाइदिएपछि मन्त्री र सचिवबीच टकराब सिर्जना भएको हो ।

मन्त्री मोदीले आफ्ना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवसँग मिटिङमा रहेको थाहा पाउँदापाउँदै मन्त्रालयमा आकस्मिक रूपमा सचिवलगायत सहसचिवको कोठाको छड्के जाँच गरेका थिए ।

आफ्ना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवसँग रहेको थाहा हुँदाहुँदै मन्त्री मोदीले योजनाबद्ध किसिमले सचिवको कोठामा छड्केजाँच गरेपछि मन्त्रालयका अन्य सहसचिवलगायतका उच्च कर्मचारीहरू आश्चर्यमा परेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार पछिल्ला केही दिनयता कर्मचारी सरुवाको विषयलाई लिएर मन्त्री मोदी र र सचिव पुष्करबीच सामान्य खटपट हुँदै आएको थियो ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री मोदीले दिनहुँजसो कुनै न कुनै कर्मचारीको सरुवा गर्न निर्देशन दिने गरेको तर सचिव पुष्करले आर्थिक वर्षको अन्तिममा कर्मचारीको सरुवा गर्न नहुने अडान लिँदै आएपछि मन्त्री मोदी सचिव पुष्करसँग असन्तुष्ट रहँदै आएका थिए ।

मन्त्रीले सरुवा गर्न दिएको निर्देशनलाई सचिवले अस्वीकार गरेपछि मन्त्री मोदीले त्यसको रिस सचिवमाथि फेरेको स्रोतको दाबी छ । मन्त्रालयका एक अधिकृतका अनुसार मन्त्री मोदीले केही दिनदेखि नियमअनुसार गर्नै नमिल्ने खालका सरुवा गर्न सचिव पुष्करलाई निर्देशन दिँदै आएका थिए ।

‘सचिवज्यूले मन्त्रीको गलत खालका सरुवा गर्नुपर्ने निर्देशन पालना नगरेकाले मन्त्रीले सचिवमाथि रिस पोख्नुभएको हुन सक्छ’ –मन्त्रालयका ती अधिकृतले  भने । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ