2026-06-24 09:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयनको विकल्प छैनः मन्त्री भण्डारी

2016-09-30

असोज १४, पोखरा । वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले संविधान कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुको विकल्प नभएको बताएका छन् ।

वन विज्ञान अध्ययन संस्थान पोखराद्वारा आयोजित “समृद्धि र उच्च शिक्षाका लागि वन” विषयक कार्यशाला गोष्ठिको यहाँ आज उद्घाटन गर्दै उनले संविधान कार्यान्वयनका लागि मधेसवादी राजनीतिक दलको मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधन प्रक्रिया अघि बढेको र त्यसमा प्रतिपक्षको सहयोग हुने विश्वास व्यक्त गरे ।

मन्त्री भण्डारीले राजनीतिक परिवर्तन धेरै भए तर त्यसको सबल व्यवस्थापन हुन नसक्दा मुलुकको स्थिति अहिले पनि जटिल नै रहेको चर्चा गर्दै सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमति, सहकार्य र एकताको खाँचो औंल्याए ।

अबको ६ महिनाभित्र जङ्गलभित्र रहेका गोलिया काठको टुङ्गो लगाउन आफूले निर्देशन दिइसकेको जानकारी दिँदै उनले राम्रा काठ प्रयोगमा ल्याउने, नराम्रालाई दाउरामा र कामै नलाग्नेलाई जलाएर खरानी बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री भण्डारीले वन जङ्गलमा अतिक्रमण, चोरी निकासी र अनियमिता हुने गरेकोमा चिन्ता व्यक्त गर्दै उनले वन क्षेत्रमा कार्यरत जनशक्तिले यसको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बूढाथोकीले वन व्यवस्थापनले देशको गरिबी र भोकमरीको अन्त्य गरी देशलाई समृद्धशाली बनाउन सकिने बताए ।

वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले वन क्षेत्रको विकासमा धेरै नै चुनौती छन् तर यसवाट राज्य भाग्ने होइन, सामना गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका डीन कृष्णराज तिवारी, क्याम्पस प्रमुख डा वीरबहादुर खनाल क्षेत्री, त्रिभुवन विश्वविद्यालय योजना शाखाका प्रमुख डा रिदिसकुमार पोखरेल र प्रा विनोह ह्यजुगायतले मुलुकको समृद्धिका लागि वनको दिगो व्यवस्थापन हुनुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक