२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कामदार रोकेको विषयलाई लिएर अध्यागमन विभाग र वैदेशिक रोजगार विभागबिच जुहारी

२ श्रावण २०८०, मंगलवार ०३:०८

साउन २, काठमाडौं | वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर जोर्डन र कुवेत जाँदै गरेका नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर अहिले अध्यागमन विभाग र वैदेशिक रोजगार विभागबिच जुहारी चलेको छ ।

सोही जुहारीसँगै अहिले यी दुई सरकारी निकायले एकआपसमा समन्वय नगरी उल्टै आआफ्नै किसिमले भिन्दाभिन्दै विज्ञप्ति जारी गरेर फरक धारणा सार्वजनिक गरेका कारण अहिले दुवै विभागबिच कार्यसम्पादनमा नै विवादको अवस्था देखिएको छ ।

अध्यागमन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै कार्यक्षेत्रभित्र रहेर कार्य सम्पादन गर्ने विषयमा आफू प्रतिबद्ध रहेको जनाएको छ । अध्यागमन विभागले सोमबार जारी गरेको विज्ञप्तिमा वैदेशिक रोजगार विभागद्वारा आइतबार जारी विज्ञप्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘विमानस्थलबाट नेपाली कामदार फर्काइएको सम्बन्धमा नेपाल सरकार कार्य विभाजन नियमावली २०७४ बमोजिम कार्यक्षेत्र तोकिएका विषयमा तत्तत् निकायको जिम्मेवारीभित्र पर्ने विषयमा विभाग प्रवेश गर्ने कुनै मनसाय नभएको र प्रचलित कानुनले दिएको आआफ्नो कार्यक्षेत्रभित्र रही कार्य सम्पादन गर्ने विषयमा अध्यागमन विभाग पूर्णप्रतिबद्ध रहेको छ’ अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी खिमराज भुसालद्वारा जारी विज्ञप्तिमा यस्तो भनिएको छ ।

यसैगरी, अध्यागमनले श्रम समस्यालाई सरोकारवाला निकायबिच आपसी छलफल, समन्वय र सहकार्यको आधारमा समाधान गर्न विभाग दृढ रहेको उल्लेख गरेको छ ।

वैदेशिक रोजगार ऐन २०६४ ले गरेका संस्थागत श्रम स्वीकृति सम्बन्धमा सम्बन्धित निकायको जिम्मेवारीभित्र पर्ने र आगमन र प्रस्थानलाई व्यवस्थित गर्ने कार्य अध्यागमन विभागको कार्यक्षेत्रभित्र पर्ने हुँदा संस्थागत श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने श्रमिकको सम्बन्धमा वैदेशिक रोजगार ऐन २०६४, नेपाल राजपत्रमा मिति २०७० सालको २५ कात्तिकमा प्रकाशित सूचना २०७१ सालको ३० वैशाखमा बसेको बैठकको निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्दै विश्वसनीय एवं सुरक्षित हुनेगरी श्रम समस्यालाई सरोकारवाला निकायबिच आपसी छलफल समन्वय र सहकार्यको आधारमा समाधान गर्न विभाग दृढ र प्रतिबद्ध रहेको सो विज्ञप्तिमा उल्लेख छ । आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य