२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

अविवाहित आमाले जन्माएर फालेको शिशुको ज्यान प्रहरीको सकृयताले बच्यो

१४ आश्विन २०७३, शुक्रबार ११:५९

पूर्णप्रसाद न्यौपाने/असोज १४, ओखलढुंगा ।ओखलढुंगामा प्रहरीको सकृयता र स्थानियको सहयोगले एक नवजात शिशुको ज्यान बचेको छ । जिल्लाको च्यानम गाविसकी एक अविवाहित किशोरी छत्तीस कुमारी भुजेल (नाम परिवर्तन) ले जन्माएर फालेको शिशुलाई स्थानियको सहयोगमा प्रहरीले बचाएको हो ।

बुधबार एक नवजात शिशु फेलापरेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । तत्काल स्थानियको सकृयतामा शिशुको उद्धार गरिएको र विशेष अनुसन्धान गरेर शिशु जन्माएर फाल्ने अभिवाहित आमा पत्ता लगाएर नियन्त्रणमा लिई शिशुलाई आमासँगै राखिएको प्रहरी निरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले शिशु र आमा दुवैको अवस्था समान्य छ । आमा र नवजात शिशुलाई दुवैलाई अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा राखिएको छ ।

शिशु जन्माएर फाल्ने किशोरीले प्रहरी र स्थानिय सँगको वयानमा ठुलाछाप गाविसका एक कार्की थरका युवासँगको यौन सम्बन्धबाट शिशु जन्माएको स्विकार गरेकी छिन् । बुधबार च्यानममा शिशु जन्माएर फालेकी किशोरीलाई सदरमुकाम आएर फर्किँदै गरेको अवस्थामा प्रहरीले विषेश अनुसन्धान गरेर बिच बाटाबाटै नियन्त्रणमा लिएको थियो ।

स्थानियको सहयोगमा प्रहरी कर्मचारीहको सकृयताले तत्काल आमा पत्ता लगाएर शिशुको ज्यान बचाउन सफल भएको जिल्ला प्रहरी प्रमुख मिलन केसीले बताउनुभयो । शिशु जन्माएकी अविवाहित किशोरीमा आफन्तले भने शिशुको बुबा पत्ता लगाएर उसैलाई जिम्मा लगाईदिन प्रहरीलाई अनुरोध गरेको स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने