२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सुन तस्करीको ‘राडर’मा देखिएका राकेशकुमारलाई कसले भगायो ?

१२ श्रावण २०८०, शुक्रबार ०३:१२

साउन १२, काठमाडौं | राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको राडरुमा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया फरार छन् । विभागले बुधबार साँझ घरमा छापा मारे पनि उनी फेला परेनन् । सुन बरामद भएको एक सातापछि विभागले उनको घरमा छापा मारेको हो । त्यसक्रममा केही कागजात बरामद भए पनि उनी फेला परेनन् ।

विवादास्पद व्यापारी अडुकियाले विगतदेखि नै हङकङमा कार्यालय खोलेर चाँदीको व्यापार गर्दै आएका थिए । हङकङबाट गत मंगलबार नेपालमा सुन भित्र्याउने कार्यमा संलग्नता रहेको देखिए पनि बेलैमा खोजबिन नगर्दा यनी फरार हुने अवस्था आएको हो ।

उनीसँगै शंकाको घेरामा देखिएका व्यापारी दीपक मल्होत्राले सुन तस्करीमा आफू संलग्न नरहेको भन्दै पत्रकार सम्मेलन नै गरेका थिए । 'सुन तस्करीमा संलग्न देखिँदादेखिँदै विभागले पक्राउ गर्न ढिलाइ गर्दा अडुकिया फरार भएका हुन्,' विभागकै एक कर्मचारीले भने । उनका अनुसार तथ्य र प्रमाण जुटाउन समय लागेकाले अकुडियाले फरार हुने मौका पाएका हुन् ।

हङकङबाट आएका सामानमा सुन आएको सुराकी पाएपछि राजस्वले रेडी ट्रेडको सोरूममा समेत छापा मारेको थियो । ब्रेक सुको आवरणमा क्याथे प्यासिफिकको जहाजमार्फत आएको सुन बरामदपछि अनुसन्धान गर्ने क्रममा अडुकियाको संलग्नता देखिएको हो । सोही आधारमा बुधबार साँझ राजस्व अनुसन्धान विभागले उनको कमलपोखरीस्थित निवासमा छापा मारेका थियो।

स्रोतका अनुसार हङकङको काउलिन सिटीमा उनको कार्यालय छ । उनी मात्र होइन, यसअधि सुन तस्करीमा मुछिएका व्यापारीहरूको पनि हङकङमा कार्यालय रहेको र त्यहीबाट सुन तस्करीमा सहयोगी भूमिका निभाउने गरिएको स्रोतको दाबी छ । 'अहिले अनुसन्धान भइरहेको छ । तथ्य र प्रमाणकै आधारमा अनुसन्धान हुन्छ कोहीकसैलाई आरोप लगाउन अनुसन्धानमा तोडमोड हुँदैन,' विभागका महानिर्देशक नवराज ढुंगानाले भने ।

व्यापारी अडुकिया गत अप्रिल १३ मा नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट नयाँ दिल्ली गएको, त्यहाँबाट हङकङ पुगेको र अप्रिल १९ तारिखका दिन बैंकक हुँदै थाई स्माइलको उडान नम्बर डब्लुई ०३१९ बाट काठमाडौं आएको 'ट्राभल हिस्ट्री' छ । यो समाचार नागरिक दैनिकबाट ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा