2026-09-19 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

तातोपानी नाका दुई महिनाभित्र मान्छेका लागि पनि खुला गरिने

साउन १४, काठमाडौँ | नेपाल र चीनबीचको पुरानो नाका तातोपानी (कोदारी) मानिसका लागि पनि खुला गरिने भएको छ । आठ वर्षयता आयात–निर्यात मात्रै हुँदै आएको तातोपानी नाकाबाट मानवलाई समेत आवतजावत गर्न दिने गरी दुई देशबीच सहमति भएको हो ।

नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको एघारौँ बैठकले तातोपानी नाकालाई आगामी दुई महिनाभित्रै मानवका लागि समेत खुला गर्ने सहमति गरेको हो । तिब्बतमा हालै सम्पन्न बैठकमा सेप्टेम्बर महिनाभित्र नाका मानवका लागि समेत खुला गर्ने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले बताए । 

‘बैठक फलदायी भयो, थुप्रै विषयमा छलफल र सहमति भए,’ तिवारीले भने, ‘सेम्टेम्बर महिनाभित्र तातोपानी नाका मानवका लागि समेत खोल्न उहाँ (चिनियाँ)हरू सहमत हुनुभयो, निर्णय भएर माइन्युट नै भएको छ, यो सबैभन्दा महत्वपूर्ण उपलब्धि भयो ।’ तिवारीले नेतृत्व गरेको नेपालको सात सदस्यीय वार्ताटोली शनिबार मात्रै काठमाडौं आइपुगेको छ । 

०७२ को भूकम्पपछि तातोपानी नाका करिब चार वर्ष पूर्ण रूपमा बन्द भएको थियो । १६ जेठ ०७६ मा नाका पुनः सञ्चालनमा आयो । तर, मानिसका लागि भने खुला गरिएन । चीनले निर्यातसमेत खोलेको थिएन । कोभिड सुरु भएपछि उक्त नाका एकतर्फी मात्रै सञ्चालन हुँदै आएको थियो । गत १८ वैशाख ०८० देखि तातोपानी नाकाबाट आयात–निर्यात हुने गरी दुईतर्फी सञ्चालनमा आयो । तर, मानिस आवतजावत भने अझैसम्म खुला गरिएको थिएन । नेपालले मानिसका लागि समेत नाका खुला गरिनुपर्ने माग गर्दै आएको थियो । 

नाकामा पूर्वाधार निर्माण र व्यापार सहजीकरणमा समझदारी

द्विपक्षीय बैठकमा नाकामा पूर्वाधार निर्माण एवम् व्यापार सहजीकरणका लागि समेत समझदारी भएको छ । नाकामा अन्तरदेशीय विशेष आर्थिक क्षेत्र (सेज) र सुक्खा बन्दरगाह निर्माण गर्न चीनले सहयोग गर्ने, नेपालको निर्यातलाई सहजीकरण गर्ने, व्यापार तथा पारवहनसम्बन्धी सम्झौतालाई समयानुकूल बनाउने गरी पुनरावलोकन गर्ने, थप नाका सञ्चालन गर्नेलगायत समझदारीसमेत भएको उनले जानकारी दिए । समितिको १२औँ बैठक एक वर्षपछि काठमाडौंमा आयोजना हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई