2026-09-19 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रेमिकाको अश्लील भिडियो ‘पोर्न’ साइटमा राखेपछि…

साउन १७, काठमाडौं | प्रेमीप्रेमिकाबिच मायापिरतीका संवाद र अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला (नाम परिवर्तन) को सम्बन्ध बनेको छ । घटना अनुसार म्याग्दी साबिक अर्मन गाविस–२ का २७ वर्षीय प्रकाश विक र म्याग्दीकै २३ वर्षीय रस्मिलाबिच नेपालमा हुँदा बसेको प्रेम दुई फरक देशमा पुगेपछि थप प्रगाढ बन्छ ।

उच्च शिक्षाका लागि जापानमा पुगेकी रस्मिला र वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका प्रकाशबिचको इन्टरनेट फोनमा हुने कुराकानी अक्सर नग्न अवस्थामै हुन थाल्छ । प्रकाशले रस्मिलाका नग्न तस्बिर र भिडियो झुक्याएर मोबाइलमा सुरक्षित राख्छन् । 

जापानमा रहेकी रस्मिला अध्ययन र विदेशको रहनसहनमा बिस्तारै घुलमिल हुँदै जान्छिन् र प्रकाशसँगको कुराकानी बिस्तारै कम हुँदै जान्छ । प्रकाशले यसलाई अनेक शङ्कामा रस्मिला र परिवारलाई पनि पठाई तिनै भिडियोलाई प्रतिशोधका रूपमा प्रयोग गर्न थाल्छन् । त्यतिले मात्र नपुगी अश्लील भिडियो पोर्न साइटमा राख्छन् । 

सामाजिक सञ्जालको म्यासेजमा आउने नग्न भिडियो पोर्न साइटमै आएपछि रस्मिला र परिवारै छाँगाबाटै खसेजस्तै बन्छन् । उच्च शिक्षाका लागि झन्डै एक वर्षअघि जापान पुगेकी रस्मिलाको अध्ययनको लक्ष्य आफ्नै नग्न तस्बिरले धुमिल बनाउँछ । परिवार, आफन्त र शुभचिन्तकलाई यो घटनाले सामाजिक प्रतिष्ठा र इज्जतमा पु-याएको आधातको लेखाजोखा नै छैन ।  

‘नेपाली युवतीको जापान काण्ड’ नाममा पोर्न साइटमा अपलोड गरिएका नग्न भिडियो नेपाल प्रहरीको साइबर ब्युरोको सक्रियताले थप छरपस्ट भने हुन पाएन ।

प्रेमिकालाई झुक्याएर विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटा सामाजिक सञ्जाल र पोर्न साइटमा अपलोड उनै प्रकाश विकलाई नेपाल प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरी नेपाल ल्याई कानुनी कारबाही अघि बढाएको छ ।

पीडित रस्मिलाका परिवारले साइबर ब्युरोमा उजुरी दिएको छ महिनापछि विकलाई मलेसिया प्रहरीको सहयोगमा शुक्रबार नेपाल ल्याइएको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई