2026-09-19 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

महिलासम्बन्धी हिंसा तीव्र रूपमा बढ्दो : सबैभन्दा बढी मधेस प्रदेशमा

साउन २०, काठमाडौँ | एक दशकमा महिलासम्बन्धी हिंसाको ग्राफ तीव्र रूपमा बढेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो दशकमा १ लाख ३३ हजार ८५६ भन्दा बढी महिला हिंसाका घटना भएका छन् । यो अवधिमा घरेलु हिंसाका ९० हजारभन्दा बढी र जबर्जस्ती करणीका १७ हजार ८० भन्दा बढी उजुरी परेका छन् । प्रहरीको तथ्यांकले आव २०५३/५४  बालबालिकाविरुद्ध ३३७ वटा मा महिला तथा घटना भएको देखाएको थियो ।

प्रहरीका अनुसार आव २०७९/८० मा २० हजार ९१३ वटा लैंगिक हिंसाका उजुरी दर्ता भए । तीमध्ये घरेलु हिंसाका १६ हजार ५१९, जबर्जस्ती करणीका २ हजार ३८७, बहुविवाहका ७२३, जबर्जस्ती करणी उद्योगका ५१८, बालयौन दुरूपयोगका ३४३, मानव बेचबिखन तथा ओसारपसारका १५७, अपहरण र जबर्जस्ती करणीका ५९, बालविवाहका ५३, बोक्सीको  आरोपका ४३ र अप्राकृतिक मैथुनका ३५ वटा उजुरी छन् । गत आवमा लैंगिक हिंसाका सबैभन्दा बढी उजुरी मधेस प्रदेशमा ५ हजार ५७०, लुम्बिनी प्रदेशमा ३ हजार ५८५, उपत्यकामा ३ हजार ३१९, कोसी प्रदेशमा २ हजार ४१६, वाग्मती प्रदेशमा १ हजार ८२५, सुदूरपश्चिम प्रदेशमा १ हजार ५९३, गण्डकी प्रदेशमा १ हजार ३३९ र कर्णाली प्रदेशमा १ हजार २२३ वटा परेका थिए । यो समाचार नागरिक दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई