२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्न तयारी

२१ श्रावण २०८०, आईतवार ०२:४४

साउन २१, काठमाडौं | निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्न आन्तरिक तयारी सुरु गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिमा साउन १ गतेबाटै नामावली सङ्कलन हुने बताउनु भए पनि आन्तरिक तयारी बल्ल सुरु गरिएको छ।  

आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका अनुसार कानुनी, आर्थिक तथा जनशक्ति व्यवस्थापन तयारी नपुग्दा विदेशमा रहेका नेपाली नागरिकको नामावली सङ्कलनमा समय लाग्ने छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “कार्यविधि बन्दै छ। परराष्ट्र मन्त्रालयबाट जनशक्ति र अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापनसम्बन्धी छलफल भएपछि मात्रै नामावली सङ्कलनको रूपरेखा तयार हुनेछ।”

नामावली सङ्कलन शाखाका अनुसार कार्यविधिले नाम दर्ता अधिकारीलगायतका कर्मचारीको व्यवस्थापन, नामावली सङ्कलन गर्ने स्थल, नामावली स्वीकृतिको प्रक्रियालगायतका विषय टुङ्गो लगाउनेछ। आयोगले सम्बन्धित राष्ट्रको कूटनीतिक नियोगमार्फत नामावली सङ्कलन गर्ने गरी जनशक्ति र बजेट व्यवस्थापन गर्न अर्थ र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै छ। उनले भने, “अर्थ र परराष्ट्र मन्त्रालयसँग अनौपचारिक छलफल भएको छ। कार्यविधि बन्दै गर्दा थप गृहकार्य गरेर दुवै मन्त्रालयसँग समन्वय गरिने छ।” 

आयोगले यसप्रकारको आन्तरिक तयारी गरिरहँदा नेपाल सरकारसमक्ष सैद्धान्तिक सहमतिका लागि प्रस्तावसमेत बुझाएको छैन। आयोगका प्रवक्ता पौडेलले छिट्टै सैद्धान्तिक सहमतिका लागि सरकारसमक्ष प्रस्ताव पठाउने जानकारी दिए । आयोगले थप कार्यक्रम सञ्चालनका लागि अर्थ मन्त्रालयबाट सहमति हुने वा नहुने शङ्काका कारण तयारीलाई गति दिन सकेको छैन।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु