पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन २३, काठमाडौं | </b>नेपाल राष्ट्र बैंकले एयरलाइन्स कम्पनीहरूले सेवा आयात गर्नका लागि पाउने अमेरिकी डलरको सटही सुविधा वृद्धि गरेको छ । सोमवार एकीकृत निर्देशन २०७९ संशोधन गर्दै राष्ट्र बैंकले एयरलाइन्स सञ्चालकहरूले सेवा आयात गर्दा पाउदै आएको ५० हजार डलर सटही सीमा एक लाख पुयाएको हो ।<br></p><p>यसैगरी राष्ट्र बैंकले डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डिपिए), डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स (डीएए) मार्फत आयात गर्दा दिँदै आएको सटही सीमा पनि बढाएको छ । निर्देशन अनुसार यसअघि डिपिए र डीएएमार्फत आयात गर्न ५० हजार डलरको सीमा तोकिएकोमा बढाएर ६० हजार पुऱ्याएको छ ।</p><p>यसैगरी डिएएमार्फत भारतबाट ३ करोड भारूसम्मको आयात गर्न पाउने व्यवस्था गरिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।</p>

